Trending
flash कृष्णनगर ७ मा १० दिने माला पाेते चुरा बनाउने सीप विकास तालिम सुरु समाज मुक्कुम्लुङमा राज्यले जबरजस्ती दमन गर्‍याे : सांसद चौधरी राजनीति अदालतले धरौटीमा छोडिसकेपछि संसदबाट रविलाई निलम्वन गर्नु हुँदैन: प्रचण्ड राजनीति प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक राजनीति शेरा दरबार प्रकरणको अनुसन्धान मबाटै शुरु गरौँः अध्यक्ष दाहाल समाज प्रसूति व्यथा लागेको १८ घन्टापछि उद्धार गरी काठमाडौँ ल्याइयो राजनीति इशरा र सरस्वतीको हत्याका दोषीलाई कारबाही गर्नुपर्ने माग समाज कामपाले किन उठाएन सडक पेटीको ‘ब्लक’? राजनीति सरकारले आजको बैठकमा अध्यादेश प्रस्तुत नगर्ने अपराध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

हत्यापछि शौचालयमा फालिएको अवस्थामा भेटियो स्टाफ नर्सको शव


विराटनगर : विराटनगरमा एक जना स्टाफ नर्सको हत्या भएको छ। नोबेल शिक्षण अस्पतालमा कार्यरत नर्सको विराटनगर–४ स्थित डेरामा हत्या भएको अवस्थामा शव फेला परेको हो।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालमा अनुसार हत्या गरेर फालिएको अवस्थामा २२ वर्षीया चन्द्रिकाकुमारी दासको शव फेला परेको हो। उनी डेरा बसेको घरभित्रै शव बरामद भएको छ।

सिरहाको फुल्काहकट्टी घर भएकी दास नोबेल नजिकै बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन्। घरको शौचालयमा दिउँसो १२ बजे उनको शव भेटिएको हो।

धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा शव भेटिएको छ। दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट छ। हत्यामा संलग्नको पहिचान खुल्न नसकिरहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्नले हत्यापछि शौचालयमा शव छाडेर भागेको पाइएको डीएसपी दाहालले बताए। घटनास्थलमा पुगेर डीएसपी दाहाल नेतृत्वको टोलीले अनुसन्धान सुरु गरेको छ।

हत्यामा संलग्नको खोजी तीव्र पारिएको र पहिचानको प्रयास भइरहेको उनले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP