‘भारतले मात्र हैन,चीनले सीमा मिचेको विषयमा पनि आज कुरा उठ्छ’

काठमाठौँ । नेकपाका नेताहरुले आज बस्ने स्थायी कमिटीको बैंठकमा भारतसँगको पछिल्लो अवस्था र चीनले मिचेको भनिएको नेपाली भूभागका विषयमा सरकारको धारणा माग्ने भएका छन् । आज विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसी विवादसहित उनिहरुले छिमेकी मुलुकले मिचेको सीमाका सम्बन्धमा पनि कुरा उठाउने बताएका हुन ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरागर्दै नेकपाका नेता डा. बेदुराम भुसालले सीमाका विाषयमा भारतमाथि मात्रै प्रवेश गर्दा एकपक्षिय देखिने र चीनले पनि नेपालका विभिन्न क्षेत्रमा सीमा अतिक्रमण गरेका विषयहरु आइरहेकाले यस विषयमा स्थायी कमिटीमा छलफल गरिने जानकारी दिनुभयो ।

यसअघि दुईपटक मिति तोकेर पनि स्थगित भएर बस्न लागेको स्थायी कमिटीको बैठकमा एमसीसीबारे विशेष छलफल हुने उहाँले बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकका एजेण्डाबारे कुनै जानकारी नदिएपनि कोरोना महामारी, एमसीसी र सीमा अतिक्रमण लगायत विषयमा छलफल हुने नेता भुसालले जानकारी दिनुभयो ।

भुसालका अनुसार बैठकमा अहिले सबैभन्दा बढी चर्चामा रहेको र पार्टीभित्र समेत बहसको विषय बनेको एमसीसीबारे छलफल हुनेछ । सम्भवतः स्थायी समितिले यसलाई टुंगो लगाउनेछ । एमसीसीका विषयमा पार्टीले अध्ययन कार्यदल गठन गरेर प्रतिवेदन समेत दिइसकको छ । त्यसैको आधारमा छलफल गरी निष्कर्षमा पुगिने बताईएको छ ।

सरकारले आगामी आवको नीति तथा कार्यक्रममा समेत समावेश गरेको एमसीसी परियोजनाबारे सत्तारूढ दल नेकपा अझै अनिर्णीत बनेको छ । एमसीसीका विषयमा विवाद भएपछि नेकपाले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा नेता भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको एमसीसी अध्ययन कार्यदल बनाइएको थियो । उक्त कार्यदलले यथास्थितिमा एमसीसी पारित गर्न नहुने निष्कर्ष निकाल्दै पार्टीलाई प्रतिवेदन बुझाएको थियो ।

भुसालले भन्नुभयो,‘एमसीसीका विषयमा बैठकम छलफल भएर निर्णय नभए सम्म पार्टीका कुनै पनि नेताले बोल्न मिल्दैन । शीर्ष नेताहरुबीच लगातार छलफल भइरहेकाले बैठकको निर्णय भन्दा अगाडी बोल्न हुँदैन । दुई अध्यक्षबिचमा समेत एकै प्रकारको मत बन्न नसक्दा प्रतिवेदन समेत तयार भएको छैन । अध्यक्षहरुको बिचमा सहमति भएर प्रतिवेदन तयार नभएपनि बैठक बस्छ । बैठकमा सरकारको काम, भ्रष्टाचार र पार्टीका कामका विषयमा पनि छलफल हुन्छ ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP