Trending
खेल धनकुटामा जिल्लास्तरीय अन्डर १५ बुद्धिचाल प्रतियोगिता शुरु समाज कहाँ हरायो पशुपतिमा आरति गर्दा उठेको दान, दक्षिणा ? समाज बाढीले रेलेखोला जलविद्युत् आयोजनाको इन्टेक पुर्‍यो, बाँधमा क्षति आर्थिक कोशी प्रदेशको बेरुजु १ अर्ब ३१ करोड ७६ लाख १० हजार समाज बैतडीमा जिप दुर्घटना एकको मृत्यु, आठजना घाइते राजनीति बजेटबाट नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेका छौँ : अर्थमन्त्री खेल बढ्यो खेलकुदमा बजेट : क्रिकेट मैदानलाई महत्त्व दिँदा दशरथ रंगशालाबारे मौन समाज प्राचीन पर्खाल र इनारका संरचना भेटिएको खयरडाँडामा पुनः उत्खनन राजनीति वामदेवका केन्द्रीय सदस्य ढकाललाई उपेन्द्रले भित्र्याए राजनीति एमालेको राष्ट्रिय महिला भेला आजदेखि, पूर्वराष्ट्रपति भण्डारी प्रमुख अतिथि

महिला लगानीकर्तालाई ऊर्जा क्षेत्रमा प्रोत्साहन गर्नुपर्छ : मन्त्री चौधरी


काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले महिला लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्ने बताएकी छन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले आयोजना गरेको हिमालयन हाइड्रो एक्स्पो अन्तर्गत ऊर्जा क्षेत्रमा बातावरण, सामाजिक र सुशासन तथा लैँगिक समताको एकीकरण विषयमा आयोजना गरेको सत्रको अध्यक्षता गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन्।

नेपालमा लामो समयदेखि महिला सशक्तीकरणका निम्ति काम हुँदै आएको भन्दै उनले अहिले विस्तारै महिलाको सहभागिता सबै क्षेत्रमा वृद्धि हुँदै गएको बताइन्। मूलरुपमा संविधान जारी भएपछि राजनीतिक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भए पनि अन्य क्षेत्रमा भने त्यसरी वृद्धि हुन नसकेको बताइन्।

मन्त्री चौधरीले हाइड्रोपावर प्रोजेक्ट एउटा योजना मात्रै नभएर वन, वातावरण, जैविक विविधता, स्थानीय नागरिकको जनजीवनमा पनि प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले संवेदनशील क्षेत्र पनि भएको बताइन्।

‘वातावरण संरक्षण, स्थानीय समुदायको जनजीवनलाई पनि ध्यान दिनुपर्ने हुनाले सबै कुरालाई ध्यान दिनुपर्ने बाध्यता छ’, उनले भनिन्।

नेपालमा पनि ऊर्जा बेचेर समृद्ध हुन सक्ने सम्भावना रहेको भन्दै उहाँले लगत्तै हुन लागिरहेको लगानी सम्मेलन पनि देशमा लगानी भित्र्याउने उद्देश्यले आयोजना गरिएको बताइन्।

‘केही समय पहिले १० हजार मेगावाटको एग्रिमेन्ट भारतसँग भर्खरै भएको छ। लगानी गर्ने संस्था, व्यक्ति, युवाहरूमा नैराश्यता छाएको छ’, मन्त्री चौधरीले भनिन्, ‘हाम्रो देशमा पनि धेरै सम्भावना रहेको छ। त्यस कारणले हामी पनि ऊर्जा बेचेर धनी किन नहुने?’

महिलाको छवि केही न केही रूपमा अलि बढी इमानदार छन् भन्ने खालको छाप पनि रहेको दाबी गर्दै उनले ऊर्जा क्षेत्रमा महिला लगानीकर्ता भित्र्याउनका लागि राज्यका तर्फबाट प्रोत्साहन गर्न आवश्यक रहेको बताइन्। त्यसका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता मन्त्री चौधरीले व्यक्त गरिन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP