Trending
flash शिवपुरमा नेकपा एसको वडा कमिटि गठन अन्तर्राष्ट्रिय आर्यनपछि एनसिबीको निसानामा अनन्या flash विजयनगरले वर्षाले प्रभावित कृषकलाई क्षतिपूर्ति दिने समाज पहुचँमार्ग भत्किनुको कारणबारे छानबिन गर्न माग खेल स्कटल्याण्ड समूह विजेता बन्दै सुपर १२ मा, ओमान बाहिरियो राजनीति प्रदेश १ : विश्वासको मतदानको मिति सार्ने सत्तापक्षको कसरत‚ आजै गर्नुपर्ने विपक्षीको अडान राजनीति प्रदेश १ : विश्वासको मतमाथि छलफल आज, मतदान मिति सार्ने सत्ता पक्षको कसरत खेल टि-२० विश्वकप : सुपर १२ मा बंगलादेश समाज बाढीले कैलालीमा जनजीवन अस्तव्यस्त, विपन्न बस्तीमा गाँसकै समस्या समाज प्रधानमन्त्रीले आज कैलाली र बर्दियाको बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै

‘एमसीसी भनेको अमेरिकन रक्सी हैन, यसमा नेकपा स्पस्ट हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले नेकपाका नेताहरुले एमसीसीलाई ‘अमेरिकन बोतलको रक्सी’का रुपमा लिएकाले यसलाई पारित गराउने वा नगराउने भन्ने विषयमा विवाद उठेको बताउनुभएको छ । उहाँले एमसीसीमा सहमति गर्दा कांग्रेस र कम्युष्टिको संयुक्त सरकार भएकै समयमा गरिएपनि अहिले पारित गर्ने कि नगर्ने भन्ने विषय सरकारको भएको बताउनुभयो ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरागर्दै एमसीसीमा केहि विवाद देखिएकाले भविश्यमा लागुहनुे कानूनका विषयहरुमा नेकपा सरकार स्पस्ट हुनुपर्ने बताउनुभयो । उहाँले तोकिएको समयमा एमसीसी पारित हुने अवस्था नदेखिएको भन्दै म्याद थपगर्ने कुरा अगाडी बढाउनुभन्दा पहिले यसलाई पारित गर्ने कि नगर्ने भन्ने विषयमा नेकपा स्पस्ट हुनुपर्ने धारणा राख्नुभयो ।

नेपाली कांग्रेस नेपालको मुलधारको राजनीतिक पार्टी भएकाले एमसीसीका विषयमा गम्भिर रहेको भन्दै उहाँले बाहिर भनिए जस्तो वित्तिय अनुशासन भन्दा बाहिर र बौद्धिक सम्पतिमा धावा बोल्ने जस्ता विषय सम्झौतामा नभएको बताउनुभयो । वैदेशिक सहयता जस्ता केहि विषयमा यसले प्रभाव पार्ने भएकाले संसदमा मतदान गर्ने अवस्था आए कांग्रेसले पक्षमा मतदान गर्ने बताउनुभयो ।

डा. खड्काले भन्नुभयो,‘एमसीसी अगाडी बढाउन हामीले दवाव दिएका छैनौ । नेकपाका नेताहरुले यसलाई ‘एम’ भनेको अमेरिका र ‘सीसी’ बोतलको रक्सीको रुपमा व्यख्या गरिहेका छन । कतिले के के खाए, मातेको जस्तो देखाएका छन् । नभएका कुरा गरेर भाड्ने काम भयो । वित्तिय अनुसाशन कायम छ । बौदिक सम्पतिमाथि धावा बोलेको छैन । काम गर्दै जाँदा विवाद आयो भने पास नगर्ने कुरा सरकारको हो ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP