Trending
समाज मुगु बस दुर्घटना : मृतकका परिवारलाई एक लाख दिइने अन्तर्राष्ट्रिय अमेरिकी ड्रोन आक्रमणमा अलकायदाका वरिष्ठ नेताको मृत्यु समाज आज पनि देशका केही ठाउँमा हल्का पानी पर्ने राजनीति न्यायालयको गरिमाका लागि निकास दिन प्रधानन्यायाधीशलाई पूर्वन्यायाधीशहरुको आग्रह राजनीति एमाले वडा अधिवेशन आज‚ अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने समाज विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा आउने समाज प्रतिवेदन लागू गर्न प्रधानन्यायाधीशलाई बारको १५ दिने अल्टिमेटम खेल मैत्रीपूर्ण फुटबलमा नेपाली २३ वर्षमुनिकाे फुटबल टोली इन्डोनेसियासँग २–० ले पराजित flash शिवराजमा नेकपा एसकाे फेरि भ्रमकाे खेती, आफू नेकपा एमालेमै रहेकाे राधेश्याम थारूकाे भनाई समाज कानुन व्यवसायीको तयारी : प्रधानन्यायाधीशको राजीनामा नआए आन्दोलन

‘ओली र प्रचण्डले सक्नुहुन्न भने छोड्नुपर्छ, ओगटेर बस्न मिल्दैन’

काठमाडौँ । सत्तारुढ नेकपाको जारी स्थायी कमिटी बैठकमा सदस्यहरुले नेतृत्वमाथि असक्षमताको गम्भिर प्रश्न उठाएका छन् । उनिहरुले सरकार चलाउने जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी सञ्चालनको जिम्मेवारी पाउनुभएका पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) दुवैले जिम्मेवारी पुरागर्न नसकेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरागर्दै नेकपाका नेता हरिबोल गजुरेलले पार्टी र सरकार सञ्चालनको जिम्मेवारी दुई अध्यक्षले लिएको र दुवैले उचित ढंगले यसलाई पुरागर्न नसकेकाले समस्या उत्पन्न भएको बताउनुभयो । उहाँले प्रधानमन्त्री र अध्यक्षले आफुहरुले अहिले सम्म गरेका काममा कम्जोरी भएको र अब सच्चिएर जाने प्रतिबद्धता गरेर बैठकमा प्रस्तुत नभए उहाँहरुले जिम्मेवार छोड्नपर्ने दावी गर्नुभयो ।

गजुरेलले सरकार र प्रधानमन्त्रीको निरन्तरताका विषय बैठकमा उहाँको प्रस्तुति अनुसार भरपर्ने भन्दै अहिले सम्म भएका कमिकम्जोरी स्वीकार गरी अबका दिनमा राम्रो गर्ने प्रतिवद्धता नआए स्थायी कमिटीबाट फरक निर्णय आउन सक्ने चेतावनी दिनुभयो । स्थायी कमिटीको बैठकमा उहाँहरुले आफ्नाुरा राखनुभएको र यसमा बहस आवस्यक भएकाले दुवै अध्यक्षका विषयमा बैठकमा गम्भिर बहस हुने गजुरेलको भनाइछ ।

उहाँले भन्नुभयो,‘ प्रधानमन्त्री जसरी आउनुहुन्छ त्यो अनुसारको निर्णयमा बैठक पुग्छ । उहाँ सरकारमा राम्रो गरेको छु भन्नुहुन्छ तर, हामीले देखेका छैनौ । प्रधानमन्त्री मात्र हैन अध्यक्ष प्रचण्ड पनि असक्षम देखिनुभयो । उहाँहरुले कि हामीहरुले सुधारेर लान्छौ भन्नुपर्यो र गरेर देखाउनुपर्यो । हैन भने दुवैले जिम्मेवारी छोड्नुपर्यो । पार्टी र सरकार विग्रनुमा दोस उहाँहरुको हो ।’

दुई अध्यक्ष मध्ये एकको गल्तिले गर्दा हस्ताक्षर अभियान सम्म पुगेर झण्डै झण्डै फटको अवस्थामा पुगेको पार्टी जोगिएकाले आलोपालोबाटपछि हटुनु गलत थियो वा थिएन भन्ने कुरामा पार्टी अध्यक्ष प्रचण्डले विचार गर्नुपर्ने उहाँको भनाइछ । एकपद एक व्यक्ति नै राम्रो प्रणाली भएको भन्दै उहाँले पार्टी र सरकारको नेतृत्व गर्ने विषयमा अलग हुनुपर्ने र एकै व्यक्तिले काम गर्न नसक्ने बताउनुभयो ।

गजुरेलले भन्नुभयो,‘प्रचण्डलाई थाङनामा सुताउने भन्ने कुरा गलत हो । मोही पारेर घुयू निकाल्नुपर्ने अवस्थामा पुगेको छ नेकपा । पार्टी कसरी चलेको छ र सरकार कसरी चलेको छ भन्ने कुरा दुई नेताले समिक्षा गर्नुपर्छ । यसमा उहाँहरुको असक्षमता देखिन्छ । एकले अर्कालाई सिध्याउने सम्मका गतिविपिध भएकै हुन ।’

उहाँले भन्नुभयो,‘यो सरकार निरन्तरताका हिसावले ठिक छ तर, जनताको चाहना अनुसार छैन । यो वैठक चलिरहेको अवस्थामा सरकार परिवर्तनको कुरा ल्याउनु हुने थिएन । अहिले एउटा विषयमा छलफल हुनुपर्ने हो । अन्तरसंर्घष चलिरहेका बेला यस्ता कुरा ल्याएर के गर्न खोजिएको हो । पार्टीमा सवैको क्षमता अनुसार सवैको भूमिका हुनुपर्छ । गर्न नसक्नेलाई धेरै जिम्मेवारी दिनुहुदैन ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP