Trending
समाज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा योग विज्ञान शिविर राजनीति मेलम्ची आयोजनाले हेडबक्स सार्ने प्रक्रिया शुरु गर्‍यो समाज दुबईको रोजगारी छाडेर गाउँमै घाँसखेतीमा रमाएका गोपाल आर्थिक एक वर्षमा ६० करोड बढीको करेन्ट चाउचाउ विदेश निर्यात राजनीति गृहमन्त्री लामिछानेविरुद्धको रिटको सुनुवाइ संयुक्त इजलासमा आर्थिक निर्माण व्यवसायीको बाँकी भुक्तानी असार मसान्तसम्म गरिसक्छौँ : मन्त्री महासेठ राजनीति औद्योगिक क्रान्तिमा परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह समाज जंगली च्याउ खाँदा पाँचजना बिरामी खेल युरोकपमा इङ्ल्याण्ड र नेदरल्याण्ड्स विजयी खेल सुपर एटको समीकरण पूरा

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

काठमाडौं,८ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेको हो ।

उनलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मी कान्तिपुर कार्यालय पुगेका थिए ।
नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले मंगलबार अनुमति दिएको थियो ।

सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो । उनलाई मंगलबार नै धनुषाको जनकपुर लैजाने तयारी प्रहरीको छ ।

सिरोहियाले भने सहकारीको वचत रकम हिनामिनाका विषयमा निरन्तर रिपोर्टिङ गरेकाले गृहमन्त्री रवि लामिछानेले प्रतिशोधपूर्ण व्यवहार गरेको प्रतिक्रिया दिएका छन् । नेपाली कांग्रेसका सांसदहरु। वरिष्ठ पत्रकारहरु, वरिष्ठ अधिवक्ता शम्भु थापा लगायतले पनि सिरोहियाको गिरफ्तारीको विरोध गरेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP