Trending
flash पूर्वपश्चिम राजमार्ग : डाईभर्सन बाढीले बगाउँदा सवारी आवागमन अवरुद्ध flash माटोको ढिस्को खस्दा एक जनाको मृत्यु, ५ जना घाइते flash ५० वर्ष पुगेका एकल महिला र पुरुषलाई जीवन निर्वाह भत्ता समाज अमलेखगञ्‍जको जंगलमा बाघको आक्रमणबाट एकजनाको मृत्यु समाज ‘बिजनेस दिन’ र संसद्लाई सक्रिय तुल्याउन सरकार चुकेको छैन : कानुनमन्त्री चौरसिया समाज पर्यटकको रोजाइमा लटारम्मेश्वर समाज सुनको मूल्य तोलामा ९ सय बढ्यो राजनीति प्रधानमन्त्रीको नेतृत्वमा रहेको उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै राजनीति रौतहटमा दुईसय व्यक्ति कांग्रेसमा प्रवेश, मधेश सभापति यादवले गरे स्वागत राजनीति भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति चाहिन्छ : रास्वपा

महालक्ष्मी विकास बैंकद्वारा जेहेन्दार छात्रवृत्ति प्रदान


काठमाडौं : महालक्ष्मी विकास बैंकले ३० औं वार्षिकोत्सवको अवसर पारेर नन्दी माध्यामिक विद्यालय नक्साल, काठमाडौंमा अध्ययनरत छात्र सन्तोषकुमार मण्डललाई कक्षा १० अध्ययनका लागि स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ।

विभिन्न सात वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको महत्वपूर्ण संस्था तत्कालीन मनकामना विकास बैंकका संस्थापक अध्यक्ष स्व.लक्ष्मणबाबु श्रेष्ठको स्मृतिमा स्थापित स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति स्व लक्ष्मण बाबु श्रेष्ठका छोरा तथा मनकामना दर्शन प्रालिका निर्देशक राजेश बाबु श्रेष्ठले विद्यालयका पदाधिकारीहरू र बैंक व्यवस्थापनको रोहबरमा छात्र मण्डललाई हस्तान्तरण गरेका हुन्।

अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्ययनमा सहयोग पुर्‍याउने उद्देश्यले ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकले जनाएको छ।

कार्यक्रममा श्रेष्ठले नेपालमै अवसरहरू रहेको र देशमा उत्पादित जनशक्तिले आफ्नै देशमा रहेर देशको लागि योगदान पुर्‍याउनुपर्ने विचार व्यक्त गरे। साथै बैंकका प्रमुख कार्यकारी अधिकृतले बैंकले आगामी दिनहरूमा छात्रवृत्तिका कार्यक्रमहरूलाई परिमार्जित गर्दै शिक्षा क्षेत्रमा थप टेवा पुर्याउने बताए।

आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ। विगत देखि नै ग्राहक महानुभावहरूको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको बैंकले आम ग्राहकको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर अझै थप गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP