Trending
समाज प्रमुख सामाजिक समस्या बन्दै आत्महत्या समाज मुगु बस दुर्घटना : मृतकका परिवारलाई एक लाख दिइने अन्तर्राष्ट्रिय अमेरिकी ड्रोन आक्रमणमा अलकायदाका वरिष्ठ नेताको मृत्यु समाज आज पनि देशका केही ठाउँमा हल्का पानी पर्ने राजनीति न्यायालयको गरिमाका लागि निकास दिन प्रधानन्यायाधीशलाई पूर्वन्यायाधीशहरुको आग्रह राजनीति एमाले वडा अधिवेशन आज‚ अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने समाज विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा आउने समाज प्रतिवेदन लागू गर्न प्रधानन्यायाधीशलाई बारको १५ दिने अल्टिमेटम खेल मैत्रीपूर्ण फुटबलमा नेपाली २३ वर्षमुनिकाे फुटबल टोली इन्डोनेसियासँग २–० ले पराजित flash शिवराजमा नेकपा एसकाे फेरि भ्रमकाे खेती, आफू नेकपा एमालेमै रहेकाे राधेश्याम थारूकाे भनाई

परोपकार युवा समाज नेपालद्वारा आयोजित अनलाइन निबन्ध लेखन प्रतियोगिताको नतिजा प्रकाशित

परोपकार युवा समाज नेपालद्वारा आयोजित अनलाइन निबन्ध लेखन प्रतियोगिताको नतिजा प्रकाशित भएको छ । मुलुकमा चलिरहेको बन्दाबन्दीको समयमा खाली समयलाई सदुपयोग गरि सृजनशिलतामा उपयोग गर्ने उदेश्यका साथ गत जेष्ठ ११ देखि मसान्त सम्म आयोजना गरिएको निबन्ध लेखन प्रतियोगिताको नतिजा शुक्रबार प्रकाशित गरिएको संस्थाका केन्द्रीय अध्यक्ष तीर्थ प्रसाद तिमिल्सिनाले जानकारी दिए ।
निबन्धको शिर्षक “राष्ट्र र राष्ट्रियता” राखिएको थियो । प्रतियोगितामा विभिन्न जिल्लाका सहभागी थिए । जसमध्ये प्रथम हुने काभ्रेका आयुष बडाल भएका छन् । यस्तै द्वितीय बागलुङकि संगिता क्षेत्री र तृतीय स्याङ्जाका धनप्रसाद पौडेल भएका छन् । विषम परस्थितिका कारण सबै एकै ठाउँमा सहभागी भई कार्यक्रम गर्न असम्भव भएकोले सम्पुर्ण सहभागिलाई धन्यवाद दिदै अनलाइनबाटै नतिजा प्रकाशन गरेको संस्थाका कोषाध्यक्ष भिम बिसीले बताए ।

राष्ट्र र राष्ट्रियता
“राष्ट्र भनेको भूगोल होइन जनता हो र राष्ट्रियता माटो होइन, जनताको सामूहिक भावना (विचार) हो ।”
– वी.पी. कोइराला
शाब्दिक दृष्टिले हेर्दा सुसंस्कृत र सुसाशित देश नै राष्ट्रका रुपमा परिभाषित हुन्छ ।वैदिक वाङ्मयमा देश,जनपद,भूमि आदि शब्दलाई राष्ट्रको पर्यायवाची शब्दका रुपमा प्रयोग गरिएको पाइन्छ।सामान्यतया राष्ट्र भन्नाले जनसमुदाय सहितको थलो वा देशलाई बुझिन्छ । व्यक्तिको सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक र राजनीति आदि विविध उन्नतिहरुको आधारशिला राष्ट्र हो । राष्ट्रको समुन्नतिमा व्यक्तिको उन्नति निहित छ ।
राष्ट्रियता भनेको एक विश्वास वा भावना हो, जसको माध्यमबाट व्यक्तिले आफ्नो राष्ट्रसँग आफूलाई गाँसेर हेर्छ, आफ्नो परिचय प्रस्तुत गर्छ र एक प्रकारको लगाव प्रकट गर्छ । राष्ट्रियता स्वभावैले आत्मिक र आन्तरिक हुन्छ । राष्ट्रवाद त्यस्तो आस्था वा प्रेमपूर्ण बन्धनको नाम हो, जस अन्तर्गत आफ्नो साझा इतिहास, परम्परा, भाषा, जातीयता र संस्कृतिका आधारमा मानिसहरु एकजुट हुन पुग्छन् । वस्तुतः राष्ट्रप्रतिको अपनत्व र प्रेमको शाब्दिक रुप नै राष्ट्रवाद हो । परस्परमा अनेकौँ समानताहरु भए पनि राष्ट्रियता र देशभक्तिबीच केही भिन्नताहरु छन् । राष्ट्रियता राष्ट्रबासी बीचको कुनै कार्यक्रम वा योजनासँग गाँसिएको हुन्छ भने देशभक्ति वैयक्तिक अनुभूतिमा सीमित रहन्छ । देशभक्तिले राष्ट्रियतालाई बढाउँछ । शत्रुहरुका विरुद्धको सङ्घर्ष, समान आर्थिक हित र सम्पूर्ण समाजको समृद्धिका लागि प्रयास, यस्ता विचारहरुले मानिसलाई देशभक्तिको भावनायुक्त समुदाय बनाउँछन् । यही नै ‘राष्ट्र’ शब्दको सही अर्थ हो । राष्ट्रियताको भावनाले ओतप्रोत व्यक्ति आफ्नो र राष्ट्रको एकसाथ उन्नतिको कामना गर्छ । राष्ट्रियताकै भावनाबाट राष्ट्रवाद विकसित हुन्छ, । राष्ट्रवाद जनसमूहमा विद्यमान एकताको नाम हो, जसले समुदायलाई सँगै बस्न र बाहिरी आक्रमणको सामूहिक प्रतिरोध गर्न प्रेरित गर्छ । सदस्यहरुमा आत्मीयता,साहचर्य,सहयोग र समझदारी राष्ट्रको प्रधान लक्षण हो । राष्ट्रको सबलताको रक्षाका लागि नागरिकहरुमा अदम्य साहस, अटुट देशप्रेम र आत्मोत्सर्ग आदि गुणहरुको आवश्यकता हुन्छ ।

समय परिवेशसँगै साझा समाज, राजनीतिक अवस्था, इतिहासजस्ता तत्वले जनतालाई एकताबद्ध गराउँछ र राष्ट्रियताको जगेर्ना हुने गर्छ । इतिहासदेखि नै स्वतन्त्र अटल र स्वाधीन रहेको राष्ट्रको अक्षुण्णताका लागि देशभक्तमा प्रगाढ विश्वास राख्दै राष्ट्रियताको जगेर्ना गरिनुपर्छ । राष्ट्रका लागि त्याग, तपस्या र बलिदानका साथै मातृभूमिप्रति अखण्ड स्नेह ममता एवं देशभक्ति विचारधारालाई अंगीकार गरी देशप्रति समर्पण भई राष्ट्रियताको प्रतीकका रूपमा स्थापित हुनुपर्छ ।
राष्ट्रको मजबुद अंगका रूपमा क) राष्ट्र प्रमुख, ख) सेना र सुरक्षा, ग) सिमाना, घ) नागरिक, ङ) कोष च) व्यवस्थाका एकीकृत अंगका शक्तिपुञ्ज (राज्य)बाट राष्ट्रको संरचना हुन्छ । यसको संरक्षण र सम्वद्र्धन गर्न नागरिकले गर्ने कर्तव्य नै राष्ट्रियता हो । राज्य शक्तिको स्रोत जनता हुन् । राष्ट्रियताको मूल आधार नै देशभक्ति हो । राष्ट्रप्रतिको एकात्मक भावना राष्ट्रियता हो । यसैगरी, जनताको त्याग, तपस्या, बलिदान तथा देशभक्तिबाट ओतप्रोत रहँदै निस्स्वार्थ भावनामा राष्ट्रप्रति सेवा समर्पित रहने कार्य देशप्रतिको भावनात्मक सम्बन्धबाट राष्ट्रियता मजबुद हुने गर्छ । जनताद्वारा काम, कर्तव्य, विचार, भावना, आदर्श, सद्भावजस्ता मानवीय आचरणसहित जनताको साझा शक्तिलाई राष्ट्र हितका लागि समर्पण गर्ने कार्यले राष्ट्रियतालाई बलियो बनाउँछ । प्राचीनतम् अवस्थादेखि भिन्न समाजमा समान जन्म र अस्तित्वको संघर्षबाट वचाइराखेको स्वाभिमानको संरक्षण र आनो भिन्न अस्तित्वलाई स्थापना गर्दै राष्ट्र, राष्ट्रियता र राष्ट्रिय पहिचानको मौलिकतालाई संरक्षण गर्दै राष्ट्रियताका लागि समान सहभागितामा महत्त्वका साथ उभिन सक्नुपर्छ ।
कुनै पनि व्यक्तिले व्यक्तिसँग, एउटा जातिले अर्काे जातिसँग, समाजले समाजसँग, धर्मले धर्मसँग एवं राष्ट्रले राष्ट्रसँग समान मैत्रिक व्यवहार र आचरण उजागर गर्ने भावना राष्ट्रियता हो । मौलिक स्वाभिमान समाप्त हुनु भनेको स्वाधीन राष्ट्रको अस्तित्व समाप्त हुनु हो । तसर्थ जब कुनै राष्ट्र अधीनस्त हुन जान्छ भने अधीनस्त हुन जाने राष्ट्रको स्वतन्त्रता समाप्त हुन पुग्छ । तसर्थ आºनो स्वाधीनता, अखण्डता, स्वतन्त्रता र सार्वभौम अधिकारलाई अक्षुण्ण रूपमा स्थापित गरी स्वअस्तित्व बचाउने काम र कर्तव्य पनि राष्ट्रियता हो ।
इतिहास र ऐतिहासिक पुर्खाको बलिदानबाट निर्मित राष्ट्रिय मौलिक परम्परा, आस्था, सभ्यता, संस्कृतिको सम्मान र संरक्षण गर्नु राष्ट्रियता हो । यसैगरी, समग्र जनताका धर्म, संस्कृति, परम्परा, सभ्यता, भाषा, भेषभूषाजस्ता समाजका अमूल्य आभूषण हुन् । यस्ता राष्ट्रिय महत्वको विषयलाई संरक्षण गर्ने काम पनि राष्ट्रियता हो । राष्ट्रिय जनभावनाको तरंगित पुञ्जबाट राष्ट्रियताको जगेर्ना हुन्छ । समग्र जनताले एक आपसमा राष्ट्रिय एकत्व, अपनत्व, महत्त्व तथा स्वाभिमानलाई स्थापित गर्नुपर्छ । राष्ट्रियताको बलियो आधार राष्ट्रवादी तत्त्व हुन् । राष्ट्रप्रतिको निस्स्वार्थ त्याग र बलिदान नै सच्चा राष्ट्रवादी हो ।
जनताको एकता र राष्ट्रियताको भावनाबाट मात्र राष्ट्रवाद स्थापित हुन सक्छ । राष्ट्रको स्वाधिनता, स्वाभिमान, स्वतन्त्रता, अखण्डता र सार्वभौमसत्ताको पक्षमा रहेका समग्र सैद्धान्तिक दर्शन, विचार र आदर्शले राष्ट्रवादलाई बुझाउँछ । राष्ट्रिय परिवेशमा निहित मुद्दालाई केन्द्रबिन्दु बनाएर सबै पक्षलाई समान आधारमा सन्तुलित बनाई समग्र राष्ट्रिय स्वार्थका लागि प्रयोग गर्ने चिन्तन राष्ट्रवादी विचारधारा हो ।
राष्ट्रभित्र सिर्जना हुन सक्ने द्वन्द्व, तिरस्कार, बेमेल, निषेध, विभेद, हिंसा, अन्याय, घातलगायत कार्य राष्ट्रियता र राष्ट्रवादका परम् शत्रु हुन् । अतः समग्र राष्ट्रको अग्रगामी चिन्तन र प्रगतिशील वैज्ञानिक विचारधाराद्वारा राष्ट्रियताको पक्षमा रहेका समग्र आस्था, विचार र भावनालाई एकीकृत गर्न सक्नु अग्रगामी राष्ट्रवाद हो । कुनै पनि सत्ता, पद, लालसा र सम्मानमा लिप्त नभई राष्ट्र र जनताका लागि आफ्नो बलिदान गर्नसक्ने निष्ठावान् र आस्थावान् व्यक्ति मात्र सच्चा राष्ट्रवादी हुन सक्छ ।
माटो र स्वाभिमानको अन्तरसम्बन्ध दर्शाउने तत्व माटो (भूगोल) तथा सिमाना रक्षाको पक्षमा स्वाभिमानी पक्षपाती संस्कार बोक्ने विचार राष्ट्रवाद हो । राष्ट्रका लागि त्याग, तपस्या, समर्पण र बलिदान दिने प्रण राष्ट्रवादी संकल्प हो । बहुआयामिक, बहुल सामाजिक क्षेत्रका विविधतालाई एकताबद्ध गर्ने आदर्श संस्कार नै सामाजिक राष्ट्रवाद हो । यसैगरी, जाति, धर्म र संस्कारको साझा सम्बन्ध र आचरणको परिपालना गर्ने र गराउने कार्य राष्ट्रवादको सूत्रधार हुन् । जनताका क्षमता र जनशक्ति स्रोतको एकीकृत प्रयासबाट समग्र राष्ट्रको कल्याण गर्न सक्ने कार्य ऊर्जाशील शक्ति पनि राष्ट्रवादी शक्ति हो ।
देशको स्वाभिमान, सार्वभौम, स्वतन्त्रता, स्वाधीनता र पहिचानबाट राष्ट्रको राष्ट्रिय अस्मिता जगेर्ना हुन्छ । राष्ट्रिय अस्मिता र अखण्डताको संरक्षण गर्नु समग्र राष्ट्रवादी जनताको प्रमुख कर्तव्य हुनुपर्छ । राष्ट्र, राष्ट्रिय एकता र राष्ट्रियताको मजबुत खम्बाले देशको सार्वभौमता र स्वाधीनताको रक्षा हुन सक्छ । सामूहिक अस्तित्व, पहिचान र सद्भावबाट मात्र राष्ट्रियताको भावना संरक्षित हुन सक्छ । मुलुकमा रहेका विभिन्न पक्षपाती संस्कार र विचारलाई राष्ट्रियताको पक्षको एकीकृत मालामा उनेर राष्ट्रिय हितको जगेर्ना गर्न सक्नुपर्छ ।
राष्ट्रको मौलिक राष्ट्रिय प्रतीक र पहिचानको विकास हुनुपर्छ । राष्ट्रियताको मूल आधार नै देशभक्ति हो । जनतामा राष्ट्रिय सचेतना र देशभक्तिको विकास हुनुपर्छ । राष्ट्रप्रतिको एकात्मक भावना राष्ट्रियता हो । राष्ट्रियताको बलियो आधार राष्ट्रवादी तत्व हुन् । राष्ट्रप्रतिको निस्स्वार्थ त्याग र बलिदान नै सच्चा राष्ट्रवादी हो । जसले राष्ट्रिय स्वार्थ र हितको पक्षमा आफ्नो स्वाभिमानलाई स्थापित गरेको हुन्छ । जब राष्ट्रमा विखण्डता, अराजकता, दण्डहिनता, मतभेद उत्पन्न भई देशको अस्तित्वसमेत समाप्त हुन सक्ने अवस्था आउँछ, त्यसबेला राष्ट्रलाई राष्ट्रवादी र देशभक्ति भावनाको आवश्यकता पर्छ । त्यसबेला राष्ट्रवादको भावनाले मात्र राष्ट्रको अस्तित्वको रक्षा गर्न सक्छ ।
राष्ट्रिय समाजभित्रको सहिष्णुता, सद्भाव, सदाचार, प्रेम, अहिंसा, शान्ति नै राष्ट्रियताको केन्द्र बिन्दु हो । एकीकृत समाज भनेको राष्ट्रको समुच्च महान् आफ्नो भिन्न र स्वतन्त्र मौलिक अस्तित्व रहेको समाज ‘नेसनल सोसाइटी’ राष्ट्रिय समाज हो । यो महान् नेपाली समाजबाट निर्मित भएको मूल सामाजिक शक्ति नै हाम्रो अस्तित्व र पहिचान हो । यो समाजले विश्वमा हामीलाई ‘नेपाली’ भनेर पहिचान र सम्मान दिएको छ । अतः विविधतामा रहेको समग्र समाजलाई समायोजन गरी एकता सूत्रमा आबद्ध एकीकृत समाज निर्माण गर्न राष्ट्रियताभन्दा अर्काे मूल्य र मान्यता छैन । सामाजिक पक्षमा समाजको बहुपरिचयात्मक क्षेत्रभित्र महत्वपूर्ण सामाजिक परिवारको फराकिलो गोलबन्दीमा सहिष्णुता, सद्भाव, मानवता र बहुलवादमा आधारित स्वतन्त्र समाजको आदर्शले नै सामाजिक राष्ट्रवादको रूपमा चित्रण गरेको छ ।
अन्त्यमा,राष्ट्र र राष्ट्रियता, यी दुई फराकिला,गहकिला र बोझिला शब्द हुन्,जसको स्मरणले मात्र ब्यक्तित्वको गहिराइलाई आकलन गर्न सकिन्छ । एउटा ब्यक्ती कति सफल या असफल भनेर मुल्यांकन गर्ने उत्तम कसि नै उसको राष्ट्रप्रेमको भावना हो । त्यसैले राष्ट्रप्रेम को महान् यात्रामा अवरात्र खटिने जो कोहि पनि सधै जिउदा,अमर र सम्मानित रहन्छन् । त्यसैले,हामी सबैले राष्ट्रलाई आफ्नो गृह मानी यसको संरक्षणमा एकजुत भएर लाग्नु पर्छ र हरकोहि मा राष्ट्रियता को भावना जगाउन पहल गर्नु पर्छ र आफू मा पनि यो भावनाको बिकास गर्नु पर्छ ।
नामः आयुष बडाल
ठेगनाः धुलिखेल,काभ्रे

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP