Trending
राजनीति प्रविधिका उद्यमी र विज्ञसँग प्रधानमन्त्री : घरबाटै एकै दिनमा कम्पनी र भ्याट दर्ता गराउन सकिने राजनीति सप्तकोशीको कटान रोक्न अस्थायी र दीर्घकालीन योजना तयार गछौँ : गृहमन्त्री लेखक स्वास्थ्य बिरामीको चाप घटाउन मन्त्री पौडेलले गरे सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव समाज टेलिभिजनहरूको भ्युअरशिपका आधारमा विज्ञापन दिने बोर्डको तयारी राजनीति देउवासँग एनआरएनए अध्यक्ष केसीको गुनासो राजनीति प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ राजनीति कांग्रेस‚ माओवादी र रास्वपा सांसदले मागे लेखा समिति सभापति पोखरेलको राजीनामा राजनीति संविधान बमोजिम आएको अध्यादेश कसरी अलोकतान्त्रिक भयो ? : गोकुल बास्कोटा राजनीति मधेश सरकारद्वारा स्थानीय तहको कानून तर्जुमासम्बन्धी छलफल शुरु राजनीति एमाले सचिवालय बैठक दिउँसो ४ बजे बस्दै

बैतडीमा जिप दुर्घटना एकको मृत्यु, आठजना घाइते


बैतडी : बैतडीमा जीप दुर्घटना भएको छ। सदरमुकाम गोठलापानीबाट भारतीय सीमानाका झुलाघाटतर्फ गइरहेको सुप प्र ०१००१ज १५०० नम्बरको जिप दिउँसो ३ बजेतिर दशरथचन्द नगरपालिका १० भगोडेनोला दुर्घटनामा परेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए।

दुर्घटनामा परेर एकजनाको मृत्यु भएको र आठजना घाइते भएका छन्। मृत्यु हुनेमा महिला रहेकी र ती महिलाको परिचय खुल्न बाँकी रहेको छ।

दुर्घटनास्थलमा जिपको मुनि च्यापिएकी अवस्थामा प्रहरीले उद्धार गरी जिल्ला अस्पताल ल्याउँदा ती महिलाको मृत्यु भएको हो।

जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर सुशील विकले एक महिलाको मृत्यु भएको पुष्टि गरे। डाक्टर विकले भने, ‘उपचारका लागि ल्याइएकी एक महिलाको मृत्यु भएको छ, ती महिला पारि (भारत) की हुन् भन्ने आको छ।’ यस्तै, अस्पतालमा अन्य आठजना घाइतेको पनि उपचार भइरहेको प्रमुख विकले बताए।

दुर्घटनाग्रस्त जिप सडकबाट ३० मिटर तल खसेको र दुर्घटनाको कारण खुल्न सकेको छैन। जिपमा कतिजना सवार रहेको र घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP