काठमाडौँ : पशुपतिनाथ एवं बागमती गङ्गा आरति सेवा समितिले पशुपतिनाथ मन्दिरमा आरति गर्न भक्तजनबाट दान दक्षिणा तथा अन्य भेटी सहयोग रकम लिए पनि सम्बन्धित निकायमा नबुझाएको पाइएको छ।
महालेखापरीक्षकको कार्यालयको ६१ औँ वार्षिक प्रतिवेदनमा उक्त रकम पशुपति क्षेत्र विकास कोषलाई प्राप्त नभएको भन्दै यस्तो कार्य नगर्न र रोक्न सुझाव दिएको छ।
सन्ध्या आरती कोषको २०६४/४/१६ को स्वीकृतिअनुसार पशुपतिनाथ एवं बागमती गङ्गा आरति सेवा समिति नामक संस्थाबाट पशुपतिनाथ मन्दिरको पूर्वतर्फ सन्ध्याकालीन आरती हुँदै आएको छ। तर यसरी स्वीकृति दिँदा अवधि नखुलाएको प्रतिवेदनमा उल्लेख छ।
‘कोषले गुजराती बाजा सत्तलको एक कोठा र राममन्दिर क्षेत्रको सत्तलको एक कोठा निःशुल्क उपलब्ध गराएको छ, उक्त संस्थाले आरति गर्नका लागि भक्तजनबाट दान दक्षिणा तथा अन्य भेटी सहयोग लिने गरेकोमा उक्त कार्यबाट कोषलाई कुनै रकम प्राप्त भएको छैन, कोषले सम्पदाको गरिमा, मौलिकता एवं कोषलाई प्राप्त हुने आयलाई मद्देनजर गर्दै उक्त आरति हुने व्यवस्था मिलाउनुपर्छ,’ प्रतिवेदनमा उल्लेख छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया