Trending
राजनीति प्रतिवेदनका सुझावहरू कार्यान्वयन गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको निर्देशन राजनीति स्थानीय र प्रदेश सरकारलाई संवैधानिक अधिकार दिने गरी कानुन बनाउनू राजनीति सुदूरपश्चिम सरकार छाड्न संसदीय दलका नेतालाई नाउपा अध्यक्षको लिखित निर्देशन राजनीति संघीयता कार्यान्वयनका लागि ११७ वटा कानुन बनाउँदै सरकार राजनीति सहकारी समस्या समाधान गर्न कठोर कदम चाल्दै छौँ : सहकारीमन्त्री अधिकारी राजनीति रास्वपाका उम्मेदवार मिलन लिम्बूलाई प्रेस सेन्टर नेपालको कारबाही राजनीति निजामती ऐन र प्रहरी समायोजन ऐन कार्यान्वयनमा जाने ढोका खुल्‍यो : प्रधानमन्त्री अपराध कपनबाट पेस्तोलसहित एकजना पक्राउ राजनीति प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन हुन्छ : प्रधानमन्त्री राजनीति राजस्व बाँडफाँटका सूचकहरू पुनरावलोकन भइरहेका छन् : प्रधानमन्त्री

भौतिकवादी भनाउँदा कम्युनिष्ट नै कोरोना जन्तरको भ्रममाः डा.पौडेल

काठमाडौँ ।सरकार र सत्तारुढ दलले कोरोना भाइरसको उपचारसँग वेसार र जन्तर जस्ता अप्रमाणित कुराहरुलाई जोडेर विज्ञानलाई चुनौती दिने काम गरिरहेको चिकित्सकहरुले बताएका छन् ।

उनिहरुले कोरोना भाइरस एक खतरनाक जिवाणु भएकाले यसको उपचारका लागि संयमित भएर लाग्नुपर्नेमा सरकारले नानाथरिका भ्रममा परेर गलत बाटोतिर गइरहेको टिप्पणी गरेका छन् ।
भौतिकवादी बनाउँदा कम्युनिष्टहरुले नै अप्रमाणित विषयमा लागेर विज्ञानलाई चुनौती दिँदा संक्रमणको महामारी थप बढ्ने आशंका पनि चिकित्सकहरुले गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा वरिष्ठ चिकित्सक डा.ढुण्डिराज पौडेलले सरकारले लकडाउन बाहेक कोरोना नियन्त्रणका लागि आवश्यक अन्य प्रभावकारी कदम नचालेको दावी गर्नुभयो ।
जिम्मेबार व्यक्तिहरुले नै जनतालाई भ्रमित पार्ने कार्य गर्नु दुर्भाग्यपूर्ण भएको उहाँको भनाई छ ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणका लागि राम्रो काम गर्न नसकेको भन्दै विज्ञानलाई चुनौती दिने काम गर्दा कोरोना जस्तो खतरनाक विषाणुप्रति जनतामा गलत सन्देश गएकाले यो नेपाल जस्तो कमविकसित मुलुकका लागि खतरा भएको दावी गर्नुभयो । उहाँले भन्नुभयो,‘कोरोना भनेको विषाणु हो । यो नाक र मुखबाट प्रवेश गर्ने भएकाले यसलाई रोक्ने काम विज्ञानले भन्दा अरुले गर्न सक्दैन ।’

डा. पौडेलले कोराना भाइरसको अहिलेसम्म भ्याक्सिन नआएकाले यसलाई रोक्नका लागि विज्ञानले भनेका कुरागर्नुको विकल्प नभएको भन्दै सरकारले यस्तै गर्दै गए भोली यो भाइरसले बृहत रुपलिने बताउनुभयो । अहिले सम्म पोलियो र एचआइभी जस्ता रोग समेत निवारण नभएको अवस्थामा कोरोना भाइरसलाई कम्जोर ठान्न नहुने उहाँको भनाइछ ।

डा. पौडेलले भन्नुभयो,‘प्रतेक घटनाका करण हुन्छन् । कारणको निवारण पनि हुन्छ । हाम्रा जडिबुटीहरु उपयोगी छन् तर,यसको वैज्ञानिक रुपमा प्रमाणित गर्नुपर्छ । जन्तरले कोरोना निको हुँदैन । कोरोना जन्तर वैज्ञानिक हैन । जनताले मास्क समेत लगाउन नजानेको अवस्थामा जन्तरले कुरागर्नु मुर्खता हुन्छ ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP