Trending
समाज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा योग विज्ञान शिविर राजनीति मेलम्ची आयोजनाले हेडबक्स सार्ने प्रक्रिया शुरु गर्‍यो समाज दुबईको रोजगारी छाडेर गाउँमै घाँसखेतीमा रमाएका गोपाल आर्थिक एक वर्षमा ६० करोड बढीको करेन्ट चाउचाउ विदेश निर्यात राजनीति गृहमन्त्री लामिछानेविरुद्धको रिटको सुनुवाइ संयुक्त इजलासमा आर्थिक निर्माण व्यवसायीको बाँकी भुक्तानी असार मसान्तसम्म गरिसक्छौँ : मन्त्री महासेठ राजनीति औद्योगिक क्रान्तिमा परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह समाज जंगली च्याउ खाँदा पाँचजना बिरामी खेल युरोकपमा इङ्ल्याण्ड र नेदरल्याण्ड्स विजयी खेल सुपर एटको समीकरण पूरा

जनमतका सतिश सिंह मधेसको मुख्यमन्त्री बन्दै


जनकपुरधाम : जनमत पार्टीले सतिश सिंहलाई मधेस प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ।

पार्टीको केन्द्रीय सचिवालय बैठकले उनलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको पार्टी सचिव विपी साहले जानकारी दिए।

मधेसमा जनमनको नेतृत्वमा सरकार बनाउन एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच सहमति भइसकेको छ।

संसदीय दलका नेता महेशप्रसाद यादवलाई रोकेर जनमत पार्टीले अन्तिम अवस्थामा सतिश सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो। उी सप्तरी क्षेत्र–२ (क)बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुन्। सत्ता गठबन्धनमा भएको परिवर्तन र जसपा नेपाल विभाजित बनेपछि मधेसमा नयाँ राजनीतिक समीकरण बनेको हो।

मधेश प्रदेशका मुख्यमन्त्री तथा जसपाका नेता यादवले हिजो प्रदेश सभा बैठकमा विश्वासको मत नपाएपछि उनी नेतृत्वको सरकार ढलेको हो। मुख्यमन्त्री यादवले राखेको विश्वासको मतको पक्षमा जम्मा ५० मतपरेको थियो भने विपक्षमा ५३ मत परेको थियो। १०७ सदस्यीय मधेश प्रदेशसभाको हिजोको बैठकमा १०३ सांसद उपस्थित थिए।

यादव २०७९ पौष २७ मा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। यादव नेतृत्वको सरकार ढलेस‌ँगै झण्डै साढे ६ वर्षको अवधिपछि जसपा नेपाल मधेस सरकारबाट बाहिरिएको छ। अघिल्लो प्रदेश सभामा जसपा नेपालकै लालबाबु राउतले ५ वर्ष नेतृत्व गरेका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP