काठमाडौँ : नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संघीय सरकारमाथि काठमाडौँ महानगरपालिकासँग समन्वय गर्नुपर्नेमा गाईजात्रा देखाएको टिप्पणी गरेका छन्।
बिहीवार प्रतिनिधिसभाको शून्य समयमा सांसद केसीले संविधानको अनुसूचि ५, ६, ७, ८, ९ ले कार्यअधिकार स्पष्ट रुपमा तोकेको भन्दै संघीय सरकार र काठमाडौँ महानगरपालिकाबीच देखिएको सडक भत्काउने बनाउने देखिएको गाईजात्राले सरकारमाथि गम्भीर प्रश्न उठेको बताए।
गाईजात्रा देखाउनुको साटो तत्काल समन्वय गर्न मागसमेत गरे। उनले सरकारी पक्षले अहंकार, हुलउद्धत र झगडिया मानसिकता बोक्न नहुने बताए।
‘हाल संघीय सरकार र काठमाडौँ महानगरपालिकाबीच देखिएको सडक भत्काउने-बनाउने देखिएको गाईजात्राले सरकारमाथि गम्भिर प्रश्न उठेको छ‚’ उनले भने, ‘तत्काल समन्वय होस्। सरकारी पक्षले अहंकार, हुलउद्धत र झगडिया मानसिकता नबोकोस्।’
उनले यस सम्बन्धमा संविधानको धारा २३२ र २३५ ले स्पष्ट व्यवस्था गरेको भन्दै स्थानीय तहसँग संघ सरकारले गाईजात्रा देखाउनु राम्रो नभएको बताए।
उनले संघ प्रदेश र स्थानीय तहबीचको सम्बन्ध संघर्षमा होइन समन्वयमा र सहअस्तित्वमा आधारित भएको बताए।
‘संघ प्रदेश र स्थानीय तहबीचको सम्बन्ध संघर्षमा होइन समन्वयमा र उत्तेजनामा होइन सहअस्तित्वमा आधारित छ। यस सम्बन्धमा संविधानको धारा २३२ र २३५ ले स्पष्ट व्यवस्था गरेको छ‚’ उनले भने, ‘संविधानको अनुसूचि ५,६,७,८,९ ले कार्यअधिकार स्पष्ट रुपमा तोकेको छ।’
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया