काठमाडौँ : नेकपा(एमाले)का सांसद मानवीर राई लुक्ला विमानस्थलको स्तरोन्नति गर्न सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताएका छन्।
बिहीवार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले सोलुखुम्बुस्थित लुक्ला विमानस्थलको उच्च प्राथमिकताका साथ स्तरोन्नति गर्न सरकारसँग माग गरेका हुन्। उनले सगरमाथा घुम्न जाने पर्यटकहरूले यही विमानस्थल प्रयोग गर्ने भन्दै उनले एकपटक आएका पर्यटक पुनः विमानस्थलमा नआउने गरेको बताए।
उनले पर्यटन विकासको मुख्य आधार नै सगरमाथा रहेको उल्लेख गर्दै यो विमानस्थललाई सगरमाथाको पहुँचमार्गको रूपमा लिएर स्तरोन्नति गर्नुपर्ने बताए।
सांसद राईले भने, ‘संसारका पर्यटकहरू सगरमाथा घुम्न आउँछन्। एकमात्र लुक्ला एयरपोर्ट छ। सानो एयरपोर्ट छ। फेरि फेरि दुःख कष्ट सहेर त्यो क्षेत्रमा पर्यटक आउन बडो गाह्रो मान्ने परिस्थिति छ। पर्यटन विकास हाम्रो मुलुकको आधार हो भने यसलाई प्राथमिकता दिनुपर्छ। गत वर्षको बजेटले त्यसलाई समेट्न सकेन। उच्च प्राथमिकतामा राखेर सगरमाथाको पहुँचमार्ग भनेर उल्लेख गर्नु जरुरी छ।’
उनले सरकारले कृषि क्षेत्र र जलविद्युत् क्षेत्रलाई पनि प्राथमिकता दिनुपर्ने बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया