Trending
राजनीति प्रविधिका उद्यमी र विज्ञसँग प्रधानमन्त्री : घरबाटै एकै दिनमा कम्पनी र भ्याट दर्ता गराउन सकिने राजनीति सप्तकोशीको कटान रोक्न अस्थायी र दीर्घकालीन योजना तयार गछौँ : गृहमन्त्री लेखक स्वास्थ्य बिरामीको चाप घटाउन मन्त्री पौडेलले गरे सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव समाज टेलिभिजनहरूको भ्युअरशिपका आधारमा विज्ञापन दिने बोर्डको तयारी राजनीति देउवासँग एनआरएनए अध्यक्ष केसीको गुनासो राजनीति प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ राजनीति कांग्रेस‚ माओवादी र रास्वपा सांसदले मागे लेखा समिति सभापति पोखरेलको राजीनामा राजनीति संविधान बमोजिम आएको अध्यादेश कसरी अलोकतान्त्रिक भयो ? : गोकुल बास्कोटा राजनीति मधेश सरकारद्वारा स्थानीय तहको कानून तर्जुमासम्बन्धी छलफल शुरु राजनीति एमाले सचिवालय बैठक दिउँसो ४ बजे बस्दै

खाद्यको संरचनागत सुधार गर्न मन्त्री भण्डारीको निर्देशन

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको संरचनागत सुधार गर्न निर्देशन दिएका छन्।

मन्त्रालयका उद्योग सचिव कृष्ण राउत र वाणिज्य सचिव दिनेशकुमार घिमिरेसहित आज अनुगमनका लागि पुगेका मन्त्री भण्डारीले नेपाल सरकारको ठूलो लगानी रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुधार गर्न कर्मचारीलाई निर्देशन दिएका हुन्।

उनले भने, “सरकारको स्वामित्व छ, निजी क्षेत्रसित प्रतिस्पर्धा गरेर जनताको सेवा गर्नु छ, परम्परागत रूपले कम्पनी चलाउन सकिँदैन, संरचनागत सुधार गर्नुस्, कर्मचारीले इमान्दार भएर काम गर्नुस्, काखापाखा कसैलाई गरिँदैन मन्त्रालयबाट, काम गर्ने नियत नहुनेले मार्गप्रशस्त गरिदिनुस्।”

तत्कालीन नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ लिमिटेट एकापसमा गाभिए पनि कानुनी रूपमा देखिएको समस्या समाधानमा मन्त्री भण्डारीले चासो व्यक्त गरे। उनले नेपाली वस्तु उत्पादन तथा बजारीकरण गर्नसमेत कम्पनीका कर्मचारीलाई निर्देशन दिएको मन्त्री भण्डारीका स्वकीयसचिव आनन्दप्रसाद भट्टले जानकारी दिए।

सो क्रममा सचिवद्वय राउत र घिमिरेले मन्त्रालयबाट कम्पनी सुधारका लागि कुनै पनि नीतिगत समस्या नहुने भएकाले संरचना सुधार गर्न निर्देशन दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP