काठमाडौं : सहकारी संस्थाको बचत रकम दुरुपयोगको छानबिन गर्न बनेको संसदीय विशेष समितिको बैठक शुक्रबार बस्दैछ।
अपराह्न ३ बजे सिंहदरबारमा बस्ने बैठकमा कार्यविधिलगायत विभिन्न विषयमा छलफल हुने संयोजक सूर्य थापाले जानकारी दिए।
बुधबार बसेको समितिको बैठकले कार्यविधिको मस्यौदा ल्याउने जिम्मा सचिवालयलाई दिएको थियो।
सहकारीमा देखिएको हिनामिनाबारे छानबिन गर्न भन्दै जेठ १५ गते प्रतिनिधिसभा बैठकले सात सदस्यीय छानबिन समिति बनाएको थियो। समितिलाई तीन महिनाभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया