Trending
राजनीति प्रतिनिधिसभाले पारित गर्‍यो ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ राजनीति भारत भ्रमणमा जानुअघि मुख्यमन्त्री साहले भने- कुनै पनि आतंककारी गतिविधि नेपाललाई अस्वीकार्य अन्तर्राष्ट्रिय म्यान्माका अधिकारीहरू सुकीको बङ्गला लिलामीमा चौथो पटक असफल भए राजनीति वर्तमान शासन व्यवस्थाको विकल्प छैन तर सरकार चाहिँ इमानदार हुनुपर्छ : प्रचण्ड मनोरन्जन ‘एलओडीले छ वसन्तमा धेरै पालुवा फेरेको छ’ शिक्षा किन सरकार-शिक्षकबीच हुन सकिरहेकाे छैन सहमति ? राजनीति ‘संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ, नत्र गोहीका आँसु ननिकालौँ’ समाज धरानबाट हराएको बस विराटनगरमा भेटियो राजनीति सोमबारको संसद् बैठकमा अश्लील बोलेको छैन : पूर्वमन्त्री आले राजनीति सरकारले शिक्षकहरूलाई विद्यालय फर्किने वातावरण बनाओस्ः सांसद खतिवडा

‘बिम्स्टेक क्षेत्रका जनताको हितका निम्ति काम गर्न नेपाल पूर्ण प्रतिबद्ध छ’


काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) क्षेत्रका जनताको सामूहिक हितका निम्ति काम गर्न नेपाल पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।

बिम्स्टेक स्थापनाको २७औँ वार्षिकोत्सवका अवसरमा जारी गरिएको सन्देशमा प्रधानमन्त्री दाहालले बिम्स्टेकको बडापत्रमा निहित उद्देश्य र सिद्धान्तप्रति नेपालको पूर्ण प्रतिबद्धता व्यक्त गरेका हुन्।

प्रधानमन्त्रीले आजको जटिल, गतिशील एवं अन्तरसम्बन्धित विश्वमा स्थायित्व, आर्थिक समृद्धि र ऐक्यबद्धताको मुख्य आधार क्षेत्रीय सहयोग भएको बताएका छन्। उनले सुदृढ क्षेत्रीय सहयोगका माध्यमबाट शान्त एवं समृद्ध बिम्स्टेक क्षेत्र निर्माण गरी यो क्षेत्रका जनताका आकांक्षा पूरा गर्न स्थापित यो उपक्षेत्रीय संगठनले केही उल्लेखनीय उपलब्धि हासिल गरे पनि त्यस दिशामा अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन्।

‘सम्पर्क सञ्जाल विस्तार, ऊर्जा सहयोग अभिवृद्धि, व्यापार लगानी र पर्यटनका साथै दिगो विकासका लक्ष्य हासिल गर्ने र विकासका गतिविधिमा सबै नागरिकलाई समाहित गरी गरिबीको दुष्चक्रमा परेका दशौँ लाखलाई त्यसबाट मुक्त गर्न बिम्स्टेक क्षेत्रमा अथाह अवसर र सम्भावना छन्’, उनले भनेका छन्।

व्यापार, लगानी, उद्योग, प्रविधि, मानव संशाधन, पर्यटन, कृषि, पूर्वाधार र सम्पर्क सञ्जाल विस्तारका निम्ति सहायता परियोजना कार्यान्वयन गरी सदस्य मुलुकको द्रुत आर्थिक विकासमा सघाउने बिम्स्टेकको लक्ष्य हो। दक्षिण तथा दक्षिणपूर्वी एसियाी मुुलुकहरूको उपक्षेत्रीय सङ्गठन (बिम्स्टेक) समानता र सहकार्यको मर्मलाई आत्मसात् गर्दै सदस्य मुलुकहरूको आर्थिक वृद्धि र सामाजिक समृद्धि संयुक्त रूपमा हासिल गर्ने उद्देश्यले स्थापना ६ जुन १९९७ मा स्थापना भएको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP