Trending
समाज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा योग विज्ञान शिविर राजनीति मेलम्ची आयोजनाले हेडबक्स सार्ने प्रक्रिया शुरु गर्‍यो समाज दुबईको रोजगारी छाडेर गाउँमै घाँसखेतीमा रमाएका गोपाल आर्थिक एक वर्षमा ६० करोड बढीको करेन्ट चाउचाउ विदेश निर्यात राजनीति गृहमन्त्री लामिछानेविरुद्धको रिटको सुनुवाइ संयुक्त इजलासमा आर्थिक निर्माण व्यवसायीको बाँकी भुक्तानी असार मसान्तसम्म गरिसक्छौँ : मन्त्री महासेठ राजनीति औद्योगिक क्रान्तिमा परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह समाज जंगली च्याउ खाँदा पाँचजना बिरामी खेल युरोकपमा इङ्ल्याण्ड र नेदरल्याण्ड्स विजयी खेल सुपर एटको समीकरण पूरा

मधेशमा मुख्यमन्त्रीको दाबी पेश गर्न पुगे गठबन्धनका नेता


धनुषा : मन्त्रालय बाँडफाँटमा सहमति जुटेसँगै मधेश प्रदेशको मुख्यमन्त्री पदमा जनमत पार्टीका सांसद सतिशकुमार सिंहले आफ्नो दाबी पेस गरेका छन्।

गठबन्धन दलहरुबीच गएराति अबेर मुख्यमन्त्रीलगायत मन्त्रालयको बाडँफाँटमा सहमति जुटेको थियो उनीहरुले ५५ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेको जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादले जानकारी दिए।

एक सय सात सदस्यीय मधेश प्रदेश सभामा एमालेका २४, जनमतका १३, माओवादीका ९ र एकीकृत समाजवादीका ७ र एक–एक प्रदेशसभा सदस्य रहेका संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले पनि नयाँ सरकारलाइ साथ दिएका छन्।

उनलाई मधेस प्रदेशका तेस्रो मुख्यमन्त्रीको रुपमा सिंहलाई शपथ खुवाउने तयारी रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

यसअघि हिजो दिनभरि नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमत पार्टीबीच मन्त्रालय बाँडफाँटमा छलफल भए पनि सहमति नजुटेपछि दाबी पेस गर्नमा ढिलाइ भएको थियो। मुख्यमन्त्रीमा दाबी पेस गर्न अहिले १० बजेसम्मको समयसीमा दिइएको छ।

मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि उहाँको सरकार ढलेको हो । यादवको सरकार अल्पमतमा परेसँगै प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP