Trending
flash लुम्बिनी प्रादेशिक सडक गुरुयोजना टुंग्याउन सुझाव संकलन सुरु राजनीति लेबनान र इजरायलका नेपालीको अवस्थाबारे ‘अपडेट’ भई आवश्यक सहयोग गर्न निर्देशन समाज पशुपति विकास कोषले नै गौशालास्थित धर्मशालाको व्यवस्थापन गर्ने राजनीति मन्त्रिपरिषद्‌का यी हुन् पछिल्ला २१ निर्णय (सूचीसहित) समाज काठमाडौंबाट ओखलढुंगा प्लेन जान थाल्यो, भाडा कति? समाज ब्रोइलरको मासुमा बिक्रेताको मनपरी मूल्य, किलोमा ८० रुपैयाँसम्मको फरक राजनीति हवाई यात्रा सहज बनाइरहेको छु : मन्त्री पाण्डे अन्तर्राष्ट्रिय इजरायली आक्रमणबाट लेबनानमा विस्थापितको संख्या झण्डै १२ लाख पुग्‍यो समाज लाभग्राहीहरूको विवरण तत्काल पठाउन गृहमन्त्रीको निर्देशन अन्तर्राष्ट्रिय इजरायली आक्रमणको विरोधमा बगदादमा प्रदर्शन

खोटाङका १५ सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी

रासस

खोटाङ : पानीको मुहान संरक्षण गर्न खोटाङका विभिन्न १५ सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी निर्माण थालिएको छ। जलवायु परिवर्तनका असरले मुहान सुक्न थालेपछि संरक्षण गर्न जिल्ला डिभिजन वन कार्यालयले १५ वटा सामुदायिक वनमा रिचार्ज पोखरी निर्माण शुरु गरेको हो।

हलेसी तुवाचुङ नगरपालिकाका चार, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र केपिलासगढी गाउँपालिकाका दुई–दुई, जन्तेढुंगा गाउँपालिकाका तीन तथा रावाबेँसी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकाका तीनवटा सामुदायिक वनमा रिचार्ज पोखरी निर्माणको थालिएको डिभिजन प्रमुख पशुपति दाहालले जानकारी दिए। ‘मुहानको शिरमा वर्षाको पानी जमाउने र जमिनलाई रिचार्ज गरेर मुहान सुक्नबाट जोगाउन रिचार्ज पोखरी उपयोगी हुन्छ।

वर्षाको पानीबाट हुने जमिन कटान रोकथाम गर्दै मुहान संरक्षण गर्न रिचार्ज पोखरी निर्माणको काम शुरु गरिएको हो’, उनले भने, ‘रिचार्ज पोखरी निर्माणका लागि जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजना (डीसीआरएल)ले सहकार्य गरेको छ। निर्माणाधीन रिचार्ज पोखरी आगामी असार मसान्तभित्र सम्पन्न हुन्छ।’

जिल्लाका विभिन्न सामुदायिक वनमा निर्माण गरिने १५ वटा रिचार्ज पोखरीमध्ये केही ठाउँमा निर्माण सम्पन्न भइसकेका छन् भने केही ठाउँमा धमाधम निर्माण भइरहेका छन् । जिल्लामा निर्माण गरिने १५ वटा रिचार्ज पोखरीमध्ये पाँचवटा डिभिजन वन कार्यालय तथा दशवटा जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजना (डीसीआरएल)को सहकार्यमा निर्माण हुनेछन्।

डिभिजन वन कार्यालयले निर्माण गर्ने रिचार्ज पोखरीका लागि प्रतिपोखरी दुई लाख ५० हजार तथा डीसीआरएलले निर्माण गर्ने पोखरीका लागि दुई लाख ३५ हजार बजेट विनियोजन भएको छ। रिचार्ज पोखरीले मुहान संरक्षण हुनुका साथै मुहानमा पानीको मात्रा बढ्नेमा विश्वस्त रहेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-११ खार्मीस्थित डाँडाखर्क-खिसापत्रे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हर्कराज राईले बताए।

डिभिजन वन कार्यालयले यसअघि पनि जिल्लाका विभिन्न सामुदायिक वनमा रिचार्ज पोखरी निर्माण गरेको थियो । पोखरी निर्माणले पर्यायवरण संरक्षणमा सहयोग पुग्ने सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य राजेन्द्र राईले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP