काठमाडौँ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन-२०६४ छिटै संशोधन गरी कार्यान्वयन गर्ने बताएकी छन्।
मन्त्री चौधरीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन -२०६४ संशोधन गर्न प्रक्रिया अगाडि बढेको बताइन्।‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन-२०६४ संशोधन गर्न सिफारिस गरिएको छ। त्यसलाई प्रक्रिया पूरा गरेर छिट्टै ऐन जारी गर्छौँ। ऐन छिट्टै ल्याउन थप सक्रिय भएर काम गर्छौँ’, मन्त्री चौधरीले भनिन्, ‘अहिले राय लिनका निम्ति मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन-२०६४ कानून मन्त्रालयमा गएको छ। त्यहाँबाट अघि बढेपछि अर्थ मन्त्रालयको राय लिएर ऐन संशोधनका लागि छिटै अघि बढ्छ।’
नेपालले सन् २०२० जुन १६ मा पार्लेमो प्रोटोकलमा हस्ताक्षर गरेको थियो।
विशेषगरी खाडी मुलुकका केही देशमा यो समस्या बढी रहेको भन्दै ती देशमा राज्यले प्रहरी डेस्क स्थापना गर्न सकेमा मानव बेचबिखन नियन्त्रण गर्न सहज हुने मन्त्रीले बताइन्।
मन्त्री चौधरीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न कडा कानूनकै व्यवस्था हुनुपर्ने बताइन्। उनले भनिन्‚ ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न कडा निगरानी, कडा कानून, कडा इच्छाशक्ति हुनुपर्छ।’
धर्मपुत्र, धर्मपुत्री बनाएर पनि मानव बेचबिखन गर्ने गरिएको र त्यससम्बन्धी उजुरी पनि आएको उनले बताइन्।
मन्त्री चौधरीले विदेशबाट गर्भवती भएर आइसकेपछि उनीहरूको संरक्षण तथा भरणपोषण कसले गर्ने भन्ने समस्या रहेको भन्दै ती कुराको पनि सम्बोधन गर्ने गरी काम गर्नुपर्ने बताइन्।
कार्यक्रमका विशिष्ट अतिथि प्रतिनिधिसभा महिला तथा सामाजिक समितिका सभापति किरणकुमार साहले मानव बेचविखनविरुद्धको लडाइँ सबैको भएको भन्दै मानव बेचबिखन अन्त्य गर्न सबैले सहकार्य गरेर काम गर्नुपर्ने बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया