Trending
अपराध १ लाख ८० हजार ट्रामाडोलसहित ६ जना लागुऔषध कारोबारी पक्राउ स्वास्थ्य स्वास्थ्यमन्त्रीले बुझेनन् बीमा बोर्ड अध्यक्ष डा. लोहनीको राजीनामापत्र, मन्त्रिपरिषद्‍ पठाइने राजनीति विधायन व्यवस्थापन समितिले दशैँअघि नै दुई विधेयक माथिको छलफल सक्ने राजनीति सरकारले बेरुजु फर्छ्योट समिति गठन गर्ने, वैशाख ७ गते राष्ट्रिय याक दिवस राजनीति वरिष्ठ उपाध्यक्ष पोखरेल एमालेको कार्यबाहक अध्यक्ष समाज प्रतिवेदन भन्छ‍ – गोर्खा मिडियाका सञ्चालकहरूले सहकारीको रकम अपचलन गरेको पुष्टि खेल हिमचितुवा र याक जोगाउन मनाङमा भिड्दै खेलाडी र कलाकार राजनीति सहकारी प्रकरणमा संसदीय छानविन समितिको प्रतिवेदन सार्वजनिक आर्थिक अहिले लगानी गर्ने सही समय हो : अध्यक्ष ढकाल राजनीति राज्य कमजोर हुँदा रमाउनेहरूबाट समृद्धि सम्भव छैन : मन्त्री भण्डारी

चिडियाखानाको जग्गा अतिक्रमणमा


वीरगञ्ज : पर्साको वीरगञ्ज महानगरपालिका–३२ रामवनमा निर्माणाधीन चिडियाखाना व्यवस्थित गर्न थालिएको छ। चिडियाखानाको घेरबार गर्ने काम आधा सकिएको छ। करिब ५० हेक्टर क्षेत्रफलमा निर्माण गर्न लागिएको सो चिडियाखानाको घेरबारको काम ६० प्रतिशत सकिएको छ।

पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाका अनुसार उक्त प्राकृतिक चिडियाखानाको जग्गा अतिक्रमणमा परेको छ। केही स्थानीयले जग्गा अतिक्रमण गरेको उनले बताए।

“यसबाट चिडियाखानाको घेरबार गर्ने काम प्रभावित भएको छ”, उनले भने, “सरोकारवाला निकायसँग समन्वय गरेर काम अघि बढाउने योजना बनाएका छौँ।” चिडियाखाना रु एक अर्ब सात करोडको लागतमा निर्माण गर्न लागिएको हो। विसं २०७९ असोजदेखि चिडियाखाना निर्माण थालिएको हो। चिडियाखाना ५० हेक्टर क्षेत्रफलमा फैलिएको छ।

वीरगञ्ज महानगरका नगरप्रमुख राजेशमान सिंहले प्रस्तावित चिडियाखानाको अतिक्रमित जग्गा रेखाङ्कन गरी हटाउने प्रक्रिया अघि बढाइने बताए। शुक्रबार बसेको सर्वपक्षीय बैठकले चिडियाखाना रहेको जग्गा अतिक्रमण हटाउन सूचना जारी गरिएको छ। “चिडियाखानाको सीमाङ्कन गर्न सार्वजनिक र निजी आवादी जग्गा छुट्याउन नापी कार्यालयलाई अनुरोध गरिएको छ।” चिडियाखाना निर्माण गर्न ढिला गर्न नहुने उनको भनाइ छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP