रासस
दमौली : तनहुँको डुम्रेबजारमा केही संरचना हटाउन ढिलाइ हुँदा मुग्लिन–पोखरा सडक विस्तार प्रभावित भएको छ।
बन्दीपुर गाउँपालिका–१ वडा कार्यालयले सडकखण्डमा पर्ने घरटहरा अविलम्ब हटाउन सम्बन्धित घरधनीलाई अनुरोध गरेको छ। जनप्रतिनिधिले सडक क्षेत्रभित्र पर्ने आफ्ना घरटहरा अविलम्ब हटाई सडक विस्तारमा सहयोग गर्न अनुरोध गरेका छन्।
सातजना घरधनीले पटकपटक आग्रह गर्दा पनि सडक मापदण्डभित्र पर्ने संरचना पूरै हटाएका छैनन्।
एशियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित साविक मुग्लिन–पोखरा राजमार्ग सुधार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि पोखरासम्म दुई खण्डमा सडक विस्तार भइरहेको छ।
दुवै खण्डको सडक निर्माणका लागि चाइना कम्युनिकेशन कन्स्ट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता भई निर्माण भइरहेको छ।
यसैगरी दमौली बजारमा पनि संरचना नहटाउँदा काम अगाडि बढेको छैन। सडकको मापदण्ड विवादका कारण केही घरधनीले संरचना नहटाउँदा दमौली बजारको मुख्य चोक धुलाम्य छ। पूर्वी खण्डमा हालसम्म ६० प्रतिशत प्रगति भएको छ। यो खण्डको म्याद गत वैशाख २ गते सकिएकोमा १५५ दिन म्याद पुनः थपिएको छ।
पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार विविध कारणले समयभित्रै काम सम्पन्न हुन नसकेपछि म्याद थपको निर्णय गर्नुपरेको हो। पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो।
आँबुखैरेनीदेखि जामुनेसम्म साढे २२ किमी चार लेन र साढे सात किमी दुई लेनमा कालोपत्र सकिएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया