काठमाडौं : किसानले पाउनुपर्ने दूधको करिब चार अर्ब बक्यौता रकम अविलम्ब उपलब्ध गराइदिन भन्दै राष्ट्रिय किसान संजालले कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी शाहलाई ज्ञापनपत्र बुझाएको छ।
आज शनिबार मन्त्री निवासमै पुगेर ज्ञापनपत्र बुझाएको संजालकी उपमहासचिव सरिता भुसालले जानकारी दिइन्। ज्ञापनपत्रमा बक्यौता रकम भुक्तानी गराउन तथा यसको दीर्घकालीन समाधानको बाटो खोलिदिन पनि अनुरोध गरिएको छ।
सरकारले लामो समयदेखि दुग्ध उत्पादक किसानलाई दुधको बक्यौता रकम भुक्तानी गरेको छैन। किसान संघ, संगठन, आम किसान र मिडियाको दबाबमा दुग्ध विकास संस्थान तथा निजी डेरी उद्योगहरुले केही रकम भुक्तानी गरेको भए पनि किसानले अझै करिब ४ अर्ब बराबरको रकम भुक्तानी पाउन बाँकी रहेको उपमहासचिव भुसालको दाबी छ।
दुग्ध विकास संस्थानले मात्रै १ अर्ब ८३ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उनले बताइन्।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया