काठमाडौं : नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले संसदीय छानबिन समिति गठन गरिसकेपछि पनि नैतिकताको बोध नगरिने राजनीतिको अभ्यास नेपाली राजनीतिमा गम्भीर विषय बनेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै राजनीतिमा नैतिकता व्यक्तिसँग निर्भर गर्ने कुरा भन्दै नैतिकताको बोध नगरिने राजनीति काँग्रेसले अन्त्य गरेर छोड्ने दाबी गरे।
उनले सहकारी विषयमा छानबिन समिति बनिसकेपछि पनि उपप्रधान एवं गृहमन्त्रीकै पदमा रहिरहनु ‘नांगो भइसकेपछि पनि आफूलाई कपडा लगाएको ठान्नु’ रहेको टिप्पणी गरे। उनले छानबिन समिति बनाउँदा पनि राजीनामा दिनुपर्दैन भनेपछि मात्रै संसदीय छानबिन समिति बनेको जिकिर गरे।
उनले नेपाली काँग्रेसले संसदमा सहकारीको मुद्दा नउठाएको भए ७३ लाख जनता जोडिएको मुद्दालाई निर्णायक मोडमा पुर्याउन नसकिने स्थिति रहेको बताए।
उनले भने, ‘नेपाली काँग्रेस पार्टीले संसदमा सहकारीको मुद्दा त्यस ढंगबाट अगाडि ल्याउँदैन थियो भने यहाँ सहकारी पीडितहरुले न्याय पाउने अवस्था हुँदैन थियो। ७३ लाख जनता जोडिएको यो मुद्दालाई नेपाली काँग्रेसले एउटा निर्णायक मोडमा पुर्याएको छ। हामीले संसदीय समिति गठन गरेर जसमाथि छानबिन गर्न खोजिएको हो, त्यो व्यक्तिलाई तपाईंले राजीनामा दिनुपर्दैन भनेर फकाएर, तपाईं जुन कुर्सीमा बसिरहनुभएको छ, तपाईंमाथि छानबिन हुँदाहुँदै पनि तपाईं त्यस कुर्सीमा बसिरहन पाउनुहुन्छ। राजनीतिमा नैतिकता व्यक्तिसँग निर्भर गर्ने कुरा हो।’
उनले जनप्रतिनिधिको आवरणमा जनतालाई ठग्ने काम व्यापक रुपमा भइरहेको बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया