Trending
राजनीति २५ बुँदे घोषणापत्र : ‘सगरमाथा कल फर एक्सन’ मा के के छन् ? राजनीति प्रधानमन्त्रीसँग ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट राजनीति गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान समाज भूमि बैंक र उद्योग निजीकरणविरुद्ध किसान आन्दोलनको चेतावनी स्वास्थ्य आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी नराखिए देशभर सेवा ठप्प पार्ने चेतावनी समाज मधेस प्रदेश सरकारका तत्कालीन अर्थमन्त्रीसहित आठ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर राजनीति शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित राजनीति सरकार ‘शुभकामना’ दिन पनि योग्य छैन : पूर्वमुख्यमन्त्री राई राजनीति मझौला उद्योग व्यवसायीको ब्याज र हर्जाना छुट गरिदिन सांसद तिमल्सेनाको आग्रह स्वास्थ्य वैदेशिक सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या : मन्त्री पौडेल

फ्रान्सका राष्ट्रपतिले गरे संसद विघटन, जुन ३० मा चुनाव

एजेन्सी

काठमाडौं : फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले संसद विघटन गर्ने घोषणा गरेका छन्।

राष्ट्रका नाममा सम्बोधन गर्दै उनले तल्लो सदन नेशनल एसेम्बलीको पहिलो चरणको निर्वाचन जुन ३० र दोस्रो चरणको निर्वाचन जुलाई ७ मा हुने घोषणा गरेका हुन्।

दक्षिणपन्थी पार्टीहरूले युरोपियन युनियनको चुनावमा म्याक्रोनको केन्द्रवादी गठबन्धनलाई पराजित गरेपछि म्याक्रोनले अचानक संसद भंग गर्ने निर्णय गरेका हुन्।

म्याक्रोनले संसद भंगको घोषणा गर्दै इयु चुनावको नतिजा युरोपको रक्षा गर्न खोज्ने दलहरूका लागि राम्रो नभएको बताएका छन्। राष्ट्रलाई सम्बोधन गर्दै म्याक्रोनले इयु चुनावमा राष्ट्रिय र्‍याली लगायत अति दक्षिणपन्थी दलहरूले झन्डै ४० प्रतिशत मत प्राप्त गर्न सफल भएको बताए।

उनले भने- ‘दक्षिणपन्थी पार्टीहरूले महादेशमा जताततै प्रगति गरिरहेका छन्। म यो अवस्थासँग सम्बन्धित हुन सक्दिन। त्यसैले मैले तपाईलाई विकल्प दिने निर्णय गरेको छु। म आज राति नेशनल एसेम्बली विघटन गर्छु। यस क्रममा उनले फ्रान्सेली जनताको उत्कृष्ट विकल्प रोज्न सक्ने क्षमतामा विश्वास पनि व्यक्त गरे।’

इयु निर्वाचनमा २८ वर्षीय जोर्डन बर्डेलको नेतृत्वमा रहेको राष्ट्रिय र्‍याली (आरएन) ले ईयू चुनावमा ३२.३ देखि ३३ प्रतिशत मत प्राप्त गरेको छ भने म्याक्रोनको केन्द्रवादी गठबन्धनले १४.८ देखि १५.२ प्रतिशत मत प्राप्त गरेको छ।

फ्रान्समा पछिल्लो आम निर्वाचन २०२२ मा भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP