Trending
अपराध १ लाख ८० हजार ट्रामाडोलसहित ६ जना लागुऔषध कारोबारी पक्राउ स्वास्थ्य स्वास्थ्यमन्त्रीले बुझेनन् बीमा बोर्ड अध्यक्ष डा. लोहनीको राजीनामापत्र, मन्त्रिपरिषद्‍ पठाइने राजनीति विधायन व्यवस्थापन समितिले दशैँअघि नै दुई विधेयक माथिको छलफल सक्ने राजनीति सरकारले बेरुजु फर्छ्योट समिति गठन गर्ने, वैशाख ७ गते राष्ट्रिय याक दिवस राजनीति वरिष्ठ उपाध्यक्ष पोखरेल एमालेको कार्यबाहक अध्यक्ष समाज प्रतिवेदन भन्छ‍ – गोर्खा मिडियाका सञ्चालकहरूले सहकारीको रकम अपचलन गरेको पुष्टि खेल हिमचितुवा र याक जोगाउन मनाङमा भिड्दै खेलाडी र कलाकार राजनीति सहकारी प्रकरणमा संसदीय छानविन समितिको प्रतिवेदन सार्वजनिक आर्थिक अहिले लगानी गर्ने सही समय हो : अध्यक्ष ढकाल राजनीति राज्य कमजोर हुँदा रमाउनेहरूबाट समृद्धि सम्भव छैन : मन्त्री भण्डारी

मोटरसाइकल दुर्घटनामा प्रहरीका असई र सहायक हवलदारको मृत्यु



काठमाडौं, जेठ २८

सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षक (असई) र सहायक हवलदारको मृत्यु भएको छ।

शनिबार अपराह्न ४ बजे सिन्धुलीको फिकल गाउँपालिका-५ झगडेवेसीस्थित भित्री सडकमा दुई प्रहरी सवार प्रदेश ३-०२-००१ ब ४७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा असई रविन्द्र कुमार ठाकुर र सहायक हवलदार सूर्यकुमार श्रेष्ठ गम्भीर घाइते भएका थिए।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रहरी निरीक्षक केशव कुमार कटुवालका अनुसार गम्भीर घाइते भएका उनीहरूलाई खुर्कोटस्थित सुनकोशी सामुदायिक अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याउनेबित्तिकै असई ठाकुरलाई चिकित्सकले मृत घोषणा गरेका थिए। सहायक हवलदारलाई भने हेलिकप्टरबाट काठमाडौं ल्याइ प्रहरी अस्पताल पुर्‍याइएकोमा उनलाई पनि चिकित्सकले मृत घोषणा गरेको इन्सपेक्टर कटुवालले जानकारी दिए।

आइतबार अपराह्न उनीहरू गस्ती गरेर प्रहरी चौकी रत्नावती फर्कँदै थिए। मोटरसाइकल असई ठाकुरले चलाएका थिए। भित्री कच्ची सडकमा मोटरसाइकल आफै अनियन्त्रित भएर सडकबाट करिब ५० मिटर तल खसेको इन्स्पेक्टर कटुवालले जानकारी दिए। दुवैको शव कानुनी प्रक्रिया पूरा गरी आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको उनले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP