Trending
राजनीति प्रविधिका उद्यमी र विज्ञसँग प्रधानमन्त्री : घरबाटै एकै दिनमा कम्पनी र भ्याट दर्ता गराउन सकिने राजनीति सप्तकोशीको कटान रोक्न अस्थायी र दीर्घकालीन योजना तयार गछौँ : गृहमन्त्री लेखक स्वास्थ्य बिरामीको चाप घटाउन मन्त्री पौडेलले गरे सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव समाज टेलिभिजनहरूको भ्युअरशिपका आधारमा विज्ञापन दिने बोर्डको तयारी राजनीति देउवासँग एनआरएनए अध्यक्ष केसीको गुनासो राजनीति प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ राजनीति कांग्रेस‚ माओवादी र रास्वपा सांसदले मागे लेखा समिति सभापति पोखरेलको राजीनामा राजनीति संविधान बमोजिम आएको अध्यादेश कसरी अलोकतान्त्रिक भयो ? : गोकुल बास्कोटा राजनीति मधेश सरकारद्वारा स्थानीय तहको कानून तर्जुमासम्बन्धी छलफल शुरु राजनीति एमाले सचिवालय बैठक दिउँसो ४ बजे बस्दै

मुख्‍यमन्त्री पाण्डेले मागे विश्वासको मत, फ्लोरक्रसको सम्भावना कति?


काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभामा विश्वासको मत मागेका छन्।

मुख्यमन्त्री पाण्डेले आज बसेको प्रदेशसभा बैठकमा संवैधानिक व्‍यवस्थाअनुसार आफूले विश्वासको मत लिनुपर्ने भएकाले उक्त विश्वासको मत लिन लागेको बताए।

पाण्डेले आफू नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको र उपधारा ४ बमोजिम विश्वासको मत लिन लागेको पनि उनले बताए।

संविधानको रक्षा र प्रदेश संरचनाको रक्षा आफूहरू सबैको जिम्मेवारी रहेको पनि उनले बताए। असार १ गते बजेट ल्याउनुपर्ने, त्यसअघि नै नीति तथा कार्यक्रम पारित गर्नुपर्ने दायित्व पनि सरकारको रहेको हुनाले आफूले विश्वासको मत लिएर उक्त काम गर्न लागेको पनि उनले बताए। सरकारलाई स्थायित्व बनाउन र जनताको चाहना पूरा गर्नका लागि पनि आफूलाई विश्वासको मत दिन उनले सबै सांसदहरूलाई अनुरोध समेत गरे।

गण्डकीका प्रदेशका तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक घोषणा गर्दै सर्वोच्च अदालतले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो।

गण्डकीमा विश्वासको मतका लागि ३१ सांसदहरुको समर्थन आवश्यक छ। तर, कांग्रेससँग २७ सिट मात्रै छ। कांग्रेसलाई २ सिट रहेको राप्रपा र स्वतन्त्रको एक मत प्राप्त भए पनि बहुमत पुग्ने देखिँदैन। गण्डकीमा एमालेको सभामुखसहित २२ र माओवादी केन्द्रको ८ सांसद रहेका छन्। गण्डकीमा मुख्यमन्त्री पाण्डेलाई फ्लोर क्रस गरेर विश्वासको मत पाउने आशा गरेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP