Trending
खेल जनकपुर बोल्टको दोस्रो जित, कर्णाली ८ विकेटले पराजित राजनीति गौरीशंकरको उपाध्यक्षमा माओवादीको अग्रता राजनीति कांग्रेस-एमाले गठबन्धनलाई पन्छाउँदै पुथाउत्तरगङ्गामा माओवादी विजयी राजनीति नेपालमा १० लाख एकल महिला समाज पर्वत अस्पतालमा जिल्लामै पहिलोपटक ‘फिजियोथेरापी’ सेवा राजनीति उद्योगमन्त्री भण्डारीले नेपालमा लगानी गर्न विदेशी लगानीकर्तालाई गरे आह्‍वान राजनीति चीन भ्रमणमा स्वास्थ्यको एजेण्डा : न्यूरो अस्पताल निर्माणदेखि ५० वटा एम्बुलेन्स राजनीति जनप्रतिनिधिले तलब पाउने चलन ठिक होइन : मुख्यमन्त्री आचार्य स्वास्थ्य नसर्ने रोगका विरामी बढेपछि अभियान चलाउँदै सरकार खेल दश ओभर खेल्दा ४ विकेट गुमाएर कर्णालीको ५२ रन

शिक्षामन्त्रीलाई सांसद कार्कीको आग्रह : विद्यार्थीले बाआमा पढाउने कार्यक्रम ल्याइदिनुस्


काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले विद्यार्थीले बाआमा पढाउने कार्यक्रम ल्याइदिन शिक्षा मन्त्रीलाई आग्रह गरेकी छिन्।

प्रतिनिधिसभामा मन्त्रालयगत बजेट शीर्षकमाथिको छलफलमा भाग लिँदै कार्कीले दुर्गम क्षेत्रका विद्यार्थीलाई लक्षित गरी यस्तो कार्यक्रम ल्याउन आग्रह गरेकी हुन्।

‘जसले गर्दा विद्यार्थीले खर्च गर्न केही पैसा पनि पाउँछन्, आफ्ना बाआमालाई पढाउँछन् पनि’, उनले भनिन्, ‘यसले विद्यार्थीलाई हौसला पनि दिन्छ। यो एउटा कार्यक्रम थपिदिनुस् न।’

उनले विद्यालयको म्यापिङ गर्न पनि शिक्षा मन्त्रीको ध्यानाकर्षण गराइन्। विद्यालय घरदेखि टाढा विद्यार्थीको पहुँचभन्दा बाहिर रहेको भन्दै उनले पायक पर्ने स्थानमा एकीकृत गर्न आग्रह गरिन्।

विद्यालयका जग्गा भवनलगायतका सम्पति अहिले पनि भुमाफियाको कब्जामा रहेको भन्दै त्यसलाई फिर्ता ल्याउने पहल गर्न पनि शिक्षा मन्त्रीलाई उनले आग्रह गरिन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP