Trending
flash पूर्वपश्चिम राजमार्ग : डाईभर्सन बाढीले बगाउँदा सवारी आवागमन अवरुद्ध flash माटोको ढिस्को खस्दा एक जनाको मृत्यु, ५ जना घाइते flash ५० वर्ष पुगेका एकल महिला र पुरुषलाई जीवन निर्वाह भत्ता समाज अमलेखगञ्‍जको जंगलमा बाघको आक्रमणबाट एकजनाको मृत्यु समाज ‘बिजनेस दिन’ र संसद्लाई सक्रिय तुल्याउन सरकार चुकेको छैन : कानुनमन्त्री चौरसिया समाज पर्यटकको रोजाइमा लटारम्मेश्वर समाज सुनको मूल्य तोलामा ९ सय बढ्यो राजनीति प्रधानमन्त्रीको नेतृत्वमा रहेको उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै राजनीति रौतहटमा दुईसय व्यक्ति कांग्रेसमा प्रवेश, मधेश सभापति यादवले गरे स्वागत राजनीति भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति चाहिन्छ : रास्वपा

सरकारले उच्च शिक्षा ऐन छिटो ल्याउनु पर्छ : देवेन्द्र पौडेल


काठमाडौँ : सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)का सांसद एवं पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उच्च शिक्षा ऐन छिटो ल्याउन सरकारसँग माग गरेका छन्।

मंगलवार प्रतिनिधिसभा बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको आगामी आर्थिक वर्षका विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्।

उच्च शिक्षालाई विशिष्टिकृत गर्ने र अप्ठ्यारामा परेका सामुदायिक क्याम्पसलाई मर्ज गरेर अगाडि बढाइयो भने उच्च शिक्षालाई सुधार्न सकिने सांसद पौडेलको भनाइ थियो। उनले प्राविधिक शिक्षालाई श्रम र उत्पादनसँग जोडेर अघि बढाउने काममा ढिलाइ नगर्न पनि सरकारलाई दबाब दिए। सांसद पौडेलले श्रम र सीपविनाको शिक्षाबाट देशले प्रगति गर्न नसक्ने उल्लेख गर्दै यस कुरामा ध्यान दिएर शैक्षिक क्षेत्रको विकासमा लाग्न पनि सरकारलाई सचेत गराए।

पौडेलले भने, ‘उच्च शिक्षा ऐन छिटो ल्याउन अनुरोध गर्दै उच्च शिक्षालाई विशिष्टिकृत गर्ने र अप्ठ्यारामा परेका सामुदायिक क्याम्पसहरूलाई मर्ज गरेर हुन्छ कि वा के गरेर हुन्छ ? सम्बन्धित विश्वविद्यालयमा गाभ्ने र एउटा सिष्टममा लैजाने कुरामा अगाडि बढाइयो भने उच्च शिक्षालाई सुधार्न सकिन्छ। अलिकति त्यतातिर ध्यान दिन म अनुरोध गर्न चाहन्छु। शिक्षालाई सीपसँग जोडने, सीपलाई श्रम र उत्पादन सँग जोड्ने काम गर्नुपर्छ। त्यसो नगर्ने हो भने खाली पढाइको आधारमा मात्रै शिक्षालाई अघि बढाइयो भने देशले प्रगति गर्न सक्दैन।’

सांसद पौडेलले शिक्षा क्षेत्रमा सुधारका लागि शिक्षक दरबन्दीको उचित व्यवस्थापन गर्न पनि सरकारलाई सुझाव दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP