Trending
राजनीति प्रतिनिधिसभाले पारित गर्‍यो ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ राजनीति भारत भ्रमणमा जानुअघि मुख्यमन्त्री साहले भने- कुनै पनि आतंककारी गतिविधि नेपाललाई अस्वीकार्य अन्तर्राष्ट्रिय म्यान्माका अधिकारीहरू सुकीको बङ्गला लिलामीमा चौथो पटक असफल भए राजनीति वर्तमान शासन व्यवस्थाको विकल्प छैन तर सरकार चाहिँ इमानदार हुनुपर्छ : प्रचण्ड मनोरन्जन ‘एलओडीले छ वसन्तमा धेरै पालुवा फेरेको छ’ शिक्षा किन सरकार-शिक्षकबीच हुन सकिरहेकाे छैन सहमति ? राजनीति ‘संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ, नत्र गोहीका आँसु ननिकालौँ’ समाज धरानबाट हराएको बस विराटनगरमा भेटियो राजनीति सोमबारको संसद् बैठकमा अश्लील बोलेको छैन : पूर्वमन्त्री आले राजनीति सरकारले शिक्षकहरूलाई विद्यालय फर्किने वातावरण बनाओस्ः सांसद खतिवडा

विद्यालयको कमाउ धन्दा : साँघुराे काेठामा पढ्दै विद्यार्थी, सटर भाडामा !

श्याम राई

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले धमाधम सामुदायिक (सरकारी) विद्यालयहरूले भाडामा लगाएका सटरहरू बन्द गर्दै आएको छ। काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले हिजो १३ वटा सरकारी विद्यालयले बहालमा लगाएका १७५ वटा सटरमा ताला लगाएको जनाएको छ।

यसमध्ये ७ वटामा विभाग पुगेको थियो भने ६ वटाले आफैँ बन्द गरेका थिए। महानगरपालिकाका अनुसार यसरी ताला लगाइएका विद्यालयहरूमा जुद्धोदय माध्यमिक विद्यालय (जेपी स्कुल) ठमेलका ४६ वटा सटर छन्। यी स्थानमा रेष्टुरेन्टसहितका व्यापारिक क्रियाकलाप हुँदै आएका थिए।

यस्तै, रत्नराज्य माध्यमिक विद्यालय बानेश्वरका ११ वटा, कन्या मन्दिर माध्यमिक विद्यालय न्होखाका ३६ वटा, मंगलादेवी माध्यमिक विद्यालय गुह्येश्वरी १२ वटा, जनकल्याण माध्यमिक विद्यालय बौद्धका १४ वटा, पशुपति मित्र माध्यमिक विद्यालय चावहिलका ३६ वटा र महेन्द्र माध्यमिक विद्यालय बौद्धका २० वटा सटरमा ताला लगाइएको शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले जानकारी दिए।

महानगरपालिकाका अनुसार शितला माध्यमिक विद्यालय बोहराटार, शिवपुरी माध्यमिक विद्यालय महाराजगञ्ज, नव जागृति माध्यमिक विद्यालय बोहोराटार, रूद्रमती आधारभूत विद्यालय देवीनगर, विद्योदय आधारभूत विद्यालय झोँछे र आधारभूत विद्यालय लगनले भाडामा लगाएका सटर आफैँ बन्द गराएका थिए।

किन गरियो सटर बन्द?

काठमाडौँ महानगरपालिका शिक्षा विभागका उपसचिव गोविन्दप्रसाद शर्माले कक्षा कोठा साँघुरो भएको भन्ने विद्यार्थीहरूको गुनासो पाइएपछि सटर बन्द गरिएको जानकारी दिए।

उनले भने, ‘विद्यार्थीहरूले पढ्नका लागि कक्षा कोठा साँघुरो भयो भन्ने गुनासो गर्दै आएका छन् तर विद्यालयले सटर भने भाडामा लगाएको पाइयो, त्यही भएर बन्द गरिएको हो।’ शिक्षा अधिकृत नेत्रनारायण पौडेलका अनुसार ती विद्यालयहरूले विद्यालयको खुला जग्गा संकुचित बनाएका थिए।

उनले भने, ‘अस्थायी टहरा बनाएका छन्, यसले विद्यार्थीको सुरक्षा, शैक्षिक तथा व्यक्तित्व विकासमा बाधा सिर्जना गरेको छ, शिक्षा ऐन २०२८ को दफा १६, शिक्षा नियमावलीको नियम १५८ र १५९ अनुसार उद्देश्य पूरा नभएको देखिएकोले ताला लगाउनु परेको हो।’

उक्त व्यवस्थाअनुसार विद्यालयको सम्पत्ति विद्यार्थीहरूको शैक्षिक र व्यक्तित्व उन्नतिका लागि मात्र उपयोग गर्न पाइन्छ।

सटर भाडावापतको रकम महानगरले दिने

महानगरपालिकाले यसरी विद्यालयको सटर बन्द गरेपछि विद्यालयका प्रधानाध्यापकहरूले भने असन्तुष्टि जनाएका छन्। बजेट अभावले यही सटर भाडाबाट शिक्षकहरूलाई तलब खुवाउने गरेको भन्दै गुनासो गरेका छन्।

यस विषयमा महानगरपालिका शिक्षा विभागका उपसचिव शर्माले भने, ‘त्यस्तो धेरै बजेट अभाव भएको भए भाडावापत उठ्ने रकम बराबरको पैसा महानगरपालिकाले दिनेगरी छलफल भएको छ, आवश्यक रकम महानगरले उपलब्ध गराउँछ।’

सबै सटर बन्द हुन्छ : महानगर प्रहरी

महानगरपालिकाका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले त्यसरी भाडामा दिएका सबै सटर महानगरपालिकाले बन्द गर्ने जानकारी दिए।

‘आज पनि सटर बन्द गर्दै छौँ, विस्तारै जहाँ विद्यालयका सटर भाडामा दिइएकाे छ, ती सबै बन्द गर्छाैँ‚’ उनले भने। उनका अनुसार महानगरको शिक्षा विभागले गरेको अध्ययनमा महानगरभित्रका ८७ सरकारी विद्यालयमध्ये ३७ वटाले सटर निर्माण गरी भाडामा दिएको पाइएको छ।

महानगरपालिका प्रमुखको सचिवालयका प्रमुख सस्मित पोखरेलले २०८० चैत २ गते शिक्षा विभागबाट सबै सामुदायिक विद्यालयहरूलाई पत्राचार गरेर विद्यालय हाताभित्र भएका भाडामा लगाइएका, बहाल अवधि सकिएका सटरको नवीकरण नगराउन भनिएको जानकारी दिए।

‘अनुगमनका क्रममा देखिएको यो अवस्था सुधार गर्न विद्यालयहरूबाट चासो नदेखाए पछि ताला लगाउनु परेको हो,’ उनले भने।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP