कृष्णनगर, ३० जेठ ।
कपिलवस्तुकाे कृष्णनगर नगरपालिकामा बजार अनुगमन गरिएको छ । नगरपालिकाकाे वडा नम्बर १ र २ मा रहेकाे हाेटल तथा रेष्टुरेन्ट व्यवसायमा अनुगमन गरिएको हाे । बुधबार जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेकाे नेतृत्वमा कृष्णनगर बजार अनुगमन गरिएकाे छ ।
हाेटल तथा रेष्टुरेन्ट गरि १८ ओटा पसल तथा रेष्टुरेन्टमा अनुगमन गरिएकाे अनुगमन टाेलीले जनाएको छ । जसमा १६ ओटा व्यवसायीहरूलाई जनही ५ हजारकाे दरले ८० हजार जरिवाना गरिएकाे जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले व्यवसायीहरूले व्यवसाय दर्ता नगरेकाे, नवीकरण नगरेकाे, पान न.( स्थायी लेखा) नलिएकाे, अखाद्य मालसामान, मदिरा, आदि विक्री गर्नलाई कारवाही गरिएकाे बताए ।
यसैगरी व्यवसायीहरूले घर धनीले लालपुर्जा घर कर रसिद तथा घर भाडाकाे सम्झाैता नगरिएकाेले मर्कामा परेकाे उनीहरुले गुनासाे समेत गरे । कृष्णनगर हाेटल व्यवसायी समितिका पूर्व अध्यक्ष शिव घिमिरेले गुनासाे आएपछि व्यवसायीकाे हकहितकाे लागि काम गरिरहेकाे उनले जनाए ।
बजार अनुगमनमा जिप्रकाका बाबुराम शर्मा, खाद प्रविधि तथा गुण नियान्त्रण डिभिजन कार्यालय ताैलिहवाका रमेश दहाल र सराेज खनाल, घरेलु तथा साना उद्योग कार्यालयका श्रवण कुमार शैनी, कृष्णनगर नगरपालिकाका ईश्वरी प्रसाद पाैडेल तथा इप्रका कृष्णनगरका प्र.नि. सुरज खत्रीकाे नेतृत्वकाे सुरक्षा कर्मीहरूकाे टाेलीले अनुगमन गरेकाे हाे ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया