Trending
समाज कालिकोटमा जिप दुर्घटना नौ जनाको मृत्यु राजनीति रविलाई अझै १३ दिन थुनामै राखेर अनुसन्धान गर्न अनुमति राजनीति सर्वोच्चको न्यायाधीशमा पाण्डे र निरौला नियुक्त समाज चीन र अमेरिकाका लागि नियुक्त भए राजदूत समाज मृत्युमार्ग जस्तै बने कर्णालीका सडक, भिआइपीलाई बस चढेर हिँड्न आग्रह राजनीति अहिलेको गठबन्धन सरकार पूरै कार्यकाल जान्छ : सभापति देउवा राजनीति सहकारी ठगबाट पैसा असुलेर पीडितलाई फिर्ता गर्छौं : मन्त्री यादव समाज मिथिलाञ्चलमा सामा चकेवाको रौनक शुरु अन्तर्राष्ट्रिय इजिप्टले जर्मनीबाट ६७ कलाकृति बरामद गर्‍यो राजनीति पुलिसको पञ्जाबाट बोले लीलाबल्लभ – अनुसन्धानमा सघाउन काठमाडौं हिँडेँ

कृष्णनगरमा २ सय १६ घरलाई जस्तापाता, ३ वर्षभित्र छानो मुक्त नगर बनाउने लक्ष्य

कृष्णनगर, ३० जेठ ।

कपिलवस्तुको कृष्णनगर नगरपालिकाले २ सय १६ घर परिवारलाई जस्तापाता र पाइप वितरण गरेको छ । फुसको छानो मुक्त अभियान अन्तर्गत गरिब, विपन्न र पिछडा वर्गका घरपरिवारलाई जस्तापाता र पाइप वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख रजत प्रताप शाहले फुसको छानो मुक्त बनाउने कार्य नगरपालिकाले अघि बढाएको बताए । शाहले खरको छानाका कारण आगलागी बढी हुने र मानवीय क्षति समेत हुने भएकाले त्यसको न्यूनीकरण गर्न जस्तापाता र पाइप वितरण गर्ने कार्यक्रम नगरपालिकाले ल्याएको बताए ।

नगरपालिकालाई ३ वर्षभित्र फुसको छानो मुक्त नगर बनाउने लक्ष्य मेयर शाहको भनाई छ । जनतालाई सुरक्षित आवासको महसुस गराउन खरको छाना मुक्त नगर अभियानमा लागेको उनले बताए । उनले प्रति घरलाई १५ ओटा जस्तापाता र १० ओटा पाइप उपलब्ध गराइएको बताए ।

यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले लाभग्राहीले जस्तापाता र पाइपको सही सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् । नगरपालिकाले उपलब्ध गराएको सामग्रीले घर निर्माण भए नभएको अनुगमन समेत गरिने उनको भनाई छ ।

फुसको छानो मुक्त अभियानले आगलागीका घटना, मानवीय क्षति कम हुने बताउँदै सो जस्तापाताको सदुपयोग गर्न उनले आग्रह समेत गरे । जस्तापाता पाएसँगै नगरबासी खुसी भएका छन् ।

कार्यक्रममा नगर उप–प्रमुख आरती देवी चौधरी, ४ का वडा अध्यक्ष घनश्याम बनिया, योजना शाखा प्रमुख शाकिर अहमद शाह, इन्जिनियर विनय गुप्ता, रोजगार शाखा प्रमुख इश्वरी पौडेल लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP