Trending
राजनीति संसद् अधिवेशनका लागि सांसदहरू नै तयार देखिनुहुन्न : सभामुख घिमिरे अपराध एनपिएलमा बेटिङ गरेको आरोपमा चार जना पक्राउ राजनीति प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग शिष्टाचार भेट राजनीति शिक्षा विधेयक चाँडो ल्याउनुपर्छ : उपसभामुख राना राजनीति सूचना–प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीलाई सञ्चारमन्त्रीको आग्रह राजनीति प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग शिष्टाचार भेट flash विजयनगरमा डेङ्गु तथा किटजन्य रोगहरु नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न खेल जनकपुर बोल्टको दोस्रो जित, कर्णाली ८ विकेटले पराजित राजनीति गौरीशंकरको उपाध्यक्षमा माओवादीको अग्रता राजनीति कांग्रेस-एमाले गठबन्धनलाई पन्छाउँदै पुथाउत्तरगङ्गामा माओवादी विजयी

प्रभु बैंक र आगन्तुक रिसोर्टबीच छुट सम्झौता


काठमाडौं : प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरूलाई धुलिखेलमा अवस्थित आगन्तुक रिसोर्टसँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ। एक समारोहबीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट बजार व्यवस्थापक दिना चित्रकार र बजार अधिकृत पुरण न्यौपाने तथा आगन्तुक रिसोर्टको तर्फबाट लेखा नियन्त्रक सुबोध भण्डारी र व्यवस्थापक सुवास कार्कीद्वारा हस्ताक्षर गरियो।

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरूले बैंकसँगको आबद्धता प्रमाणका आधारमा रिसोर्टमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

चण्डेश्वरी, धनेश्वर, देवीस्थान, गौखुरेश्वर, नमोबुद्ध, बेथानचोक नारायण, गोसाईकुण्ड (काभ्रे) जस्ता प्रसिद्ध धार्मिक स्थल रहेको यस ठाउँबाट गणेश,जुगल जस्ता अन्य विभिन्न हिशृंखलाहरुको मनमोहक दृश्य अवलोकनसमेत गर्न सकिन्छ। काठमाण्डौको कोलाहल बाट केहीबेर बाहिर निस्कन र रमाईलो गर्नका लागि यो एक उत्तम स्थान हो।

आन्तरिक एवंम बाह्य पर्यटकका लागि काभ्रे जिल्ला अति उत्तम र रमणिय स्थलको रुपमा प्रख्यात छ। बिहानको सूर्यको उदयदेखि साँझको अस्थाएको सूर्यास्तको दृश्य अवलोकन मज्जाले गर्न सकिन्छ।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०३ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढि ग्राहक सेवा प्रवाह गर्दै अगाडि बढिरहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP