Trending
राजनीति शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : प्रकाश ज्वाला राजनीति परिवर्तन गर्न खोज्नेहरुलाई सरकारले छानिछानि अवरोध गर्ने प्रवृत्ति देखियोः रास्वपा शिक्षा सरकार र शिक्षकबीच वार्ता हुँदै राजनीति विकसित राष्ट्रहरूको व्यापार युद्धको प्रतिकूल असरलाई ध्यान दिएर बजेट आउनुपर्छ : गोकर्ण विष्ट स्वास्थ्य चिकित्सकले आज आकस्मिकबाहेकका सेवा ठप्प पार्दै राजनीति शिक्षा मन्त्रालयले शिक्षकहरूलाई फेरि वार्तामा बोलायो राजनीति शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगन राजनीति कांग्रेसको प्रस्ताव : प्रतिनिधि सभामा आएका विधेयकहरूलाई पारित गर्न समयसीमा तोकौँ समाज समाज मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

बजेटले मन्दीतर्फउन्मुख अर्थतन्त्रलाई सुधार्न सक्दैन : सांसद जबरा


काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले आगामी आर्थिक वर्षको बजेटले मन्दीतर्फउन्मुख अर्थतन्त्रलाई सुधार्न नसक्ने बताएका छन्।

आइतवारको प्रतिनिधिसभा बैठकमा २०८१ का विभिन्न शीर्षकमाथि जारी छलफलअन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अर्थ मन्त्रालयमाथि छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। उनले जिडिपीको वृद्धिदर सुस्त रहेको, मुद्रास्फिती उच्च रहेको र बेरोजगारी बढ्दो क्रममा रहेको अवस्थालाई मद्देनजर नगरी बजेट ल्याइएको बताए।

उनले सरकार र अन्ताराष्ट्रिय साझेदारहरूले यसको प्रभावलाई कम गर्न उपाय सुझाए पनि त्यसअनुसार बजेट नआएको बताए। उनले जनताको क्रयशक्ति धेरै घटेको बताए। आर्थिक मन्दीबाट देश कसरी बाहिर निकाल्ने भन्ने योजना बजेटमा नरहेको बताए।

जबराले भने, ‘जम्मै जिडिपीको वृद्धिदर सुस्त छ। मुद्रास्फिती उच्च छ। बेरोजगारी बढ्दो छ। महत्त्वपूर्ण राजस्व चुनौती छन् तर सुधार प्रक्रिया सुस्त छ। यसले मन्दीतर्फउन्मुख अर्थतन्त्रलाई सुधार्न सक्दैन। जनताको क्रय शक्ति स्वात्तै घटेको छ। सरकारले अहिलेको आर्थिक मन्दीलाई सम्बोधन गरेको देखिएन। आर्थिक मन्दीबाट देश कसरी बाहिर निकाल्ने केही पनि योजना छैन। अहिलेको बजेटमा यसको निराकरणका उपाय केही पनि लिएको छैन।’

उनले बजेट कल्पना र लहडमा ल्याइएको आरोप लगाए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP