Trending
राजनीति शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : प्रकाश ज्वाला राजनीति परिवर्तन गर्न खोज्नेहरुलाई सरकारले छानिछानि अवरोध गर्ने प्रवृत्ति देखियोः रास्वपा शिक्षा सरकार र शिक्षकबीच वार्ता हुँदै राजनीति विकसित राष्ट्रहरूको व्यापार युद्धको प्रतिकूल असरलाई ध्यान दिएर बजेट आउनुपर्छ : गोकर्ण विष्ट स्वास्थ्य चिकित्सकले आज आकस्मिकबाहेकका सेवा ठप्प पार्दै राजनीति शिक्षा मन्त्रालयले शिक्षकहरूलाई फेरि वार्तामा बोलायो राजनीति शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगन राजनीति कांग्रेसको प्रस्ताव : प्रतिनिधि सभामा आएका विधेयकहरूलाई पारित गर्न समयसीमा तोकौँ समाज समाज मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

चुरे संरक्षणमा तीनै तहका सरकारको सहकार्य अपरिहार्य : प्रधानमन्त्री


सिरहा : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुरे क्षेत्रको संरक्षणमा सङ्घीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकार भएका निकायको समन्वय, सहकार्य र संयुक्त प्रयास अपरिहार्य रहने बताएका छन्।

दशौँ चुरे संरक्षण दिवसका सन्दर्भमा आज आयोजित बृहत् वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले तराई–मधेसका बहुसङ्ख्यक जनताको जीवनरेखासँग जोडिएको चुरेक्षेत्र बहुपक्षीय र बहुसरोकारको विषय भएको बताए।

“चुरे क्षेत्रको संरक्षणमा तीनै तहका सरकार, स्थानीय समुदाय, सरोकार भएका निकायबीच समन्वय, सहकार्य र संयुक्त प्रयास अपरिहार्य छ”, प्रधानमन्त्री दाहालले भने, “तराई–मधेसका बहुसङ्ख्यक जनताको जीवनरेखासँग जोडिएको चुरे क्षेत्र बहुपक्षीय र बहुसरोकारको विषय हो।” विसं २०७४ मा स्वीकृत भएको २० वर्षे चुरे तराई–मधेस संरक्षण तथा व्यवस्थापन गुरूयोजना परिमार्जनसहित लागू गर्नुपर्ने बताउँदै उनले चुरे संरक्षणका लागि छुट्टै ऐनको आवश्यकता देखिएकाले त्यसका लागि सरकारले आवश्यक समन्वय गरिरहेको जानकारी दिए।

वृक्षरोपण कार्यक्रमले आम जनसमुदायमा वन र वनस्पति संरक्षणमा सकारात्मक सन्देश प्रवाह भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले विगतका वर्षमा नदी उकास क्षेत्रलगायत खाली र क्षतिग्रस्त करिब १० हजार हेक्टर भूमिमा विभिन्न प्रजातिका विरुवा रोपण गर्न राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समितिमार्फत जनतालाई वितरण गरिएको बताए।

उनले करिब रु तीन करोड गुणस्तरीय रूख प्रजातिका बिरुवा उत्पादन र वितरणमार्फत ‘हरियाली प्रवर्द्धन र पारिस्थितिकीय प्रणाली’को पुनःस्थापना गर्दै आएकोमा समितिप्रति आभार प्रकट गरे।

वृक्षरोपण गरिएका बिरुवाहरूको संरक्षण र स्याहारसम्भार गर्ने कार्य उत्तिकै महत्वपूर्ण भएको भन्दै प्रधानमन्त्री दाहालले रोपिएका बिरुवाको संरक्षणमा पनि ध्यान दिनुपर्नेमा जोड दिए। “रोपिएका बिरुवा हुर्किएर स्थानीयले उत्पादित वस्तु वा सेवा प्राप्त गर्दैनन्, तबसम्म यसको निरन्तर संरक्षण गर्नुपर्दछ”, उनले भने, “यस कार्यमा तीनै तहका सरकार, सरकारका निकाय, सामुदायिक वन उपभोक्ता समूह, नागरिक समाज, निजी क्षेत्र र गैरसरकारी सङ्घसंस्थालाई सहकार्य र समन्वयका लागि म हार्दिक अपिल गर्दछु।”

उनले आगामी दिनमा चुरे तराई–मधेसको संरक्षण र जनताको जीवनस्तर सुधारमा हरित अभियान बहुउपयोगी होस् भन्ने कामना गरे।

नेपालको पूर्वमा इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३७ जिल्लामा फैलिएको चुरे पर्वत भू–जैविक, भौगर्भिक दृष्टिकोणले अत्यन्त संवेदनशील, जैविक विविधता र संस्कृतिमा धनी, दुलर्भ वन्यजन्तुहरूको बासस्थान र जैविक मार्ग भएको बताउँदै प्रधानमन्त्रीले दाहालले चुरे पर्वतीय प्रणालीले नै पहाड, दुन, भावर तथा तराई–मधेसको सम्बन्ध एक आपसमा अन्योन्याश्रित रूपले गाँसेको उल्लेख गरे।

ढुङ्गा, गिटी, बालुवाको सङ्कलन र उत्खननले चुरे क्षेत्रको दोहन बढेको बताउँदै प्रधानमन्त्री दाहालले नदी प्रणालीको वातावरणीय अखण्डतामा गम्भीर सङ्कट पैदा गरेको उल्लेख गरे। उनले चुरे क्षेत्रमा बढ्दो जनसङ्ख्या, अव्यवस्थित बसोबास, वन अतिक्रमण, वन डढेलो, खुला चरिचरण र नदीजन्य पदार्थको दोहन, अव्यवस्थित भौतिक पूर्वाधार निर्माण, भूक्षयजस्ता कारण यसको संरक्षण दिन प्रतिदिन चुनौतीपूर्ण बन्दै गएको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP