Trending
राजनीति प्रविधिका उद्यमी र विज्ञसँग प्रधानमन्त्री : घरबाटै एकै दिनमा कम्पनी र भ्याट दर्ता गराउन सकिने राजनीति सप्तकोशीको कटान रोक्न अस्थायी र दीर्घकालीन योजना तयार गछौँ : गृहमन्त्री लेखक स्वास्थ्य बिरामीको चाप घटाउन मन्त्री पौडेलले गरे सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव समाज टेलिभिजनहरूको भ्युअरशिपका आधारमा विज्ञापन दिने बोर्डको तयारी राजनीति देउवासँग एनआरएनए अध्यक्ष केसीको गुनासो राजनीति प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ राजनीति कांग्रेस‚ माओवादी र रास्वपा सांसदले मागे लेखा समिति सभापति पोखरेलको राजीनामा राजनीति संविधान बमोजिम आएको अध्यादेश कसरी अलोकतान्त्रिक भयो ? : गोकुल बास्कोटा राजनीति मधेश सरकारद्वारा स्थानीय तहको कानून तर्जुमासम्बन्धी छलफल शुरु राजनीति एमाले सचिवालय बैठक दिउँसो ४ बजे बस्दै

दुबईको रोजगारी छाडेर गाउँमै घाँसखेतीमा रमाएका गोपाल

रासस

गुल्मी : गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीका गोपाल खत्री क्षेत्रीको दिन आजकाल घाँसखेतीमा कट्ने गरेको छ। ३९ वर्षीय उनी बिहान उठेदेखि बेलुकीसम्मको समय बारीमै सदुपयोग गर्छन्।

उनले २१ रोपनी आफ्नो र ८९ रोपनी छिमेकीको जग्गा भाडामा लिएर घाँसखेती गरेका छन्। उनले किम्बु, राइखन्यु, बडर, मरिङ्गा, रसियन कम्फे, नेपियर, रेड नेपियर, फोरजी बुलेज, जेइन्ड किङलगायत गरी ५० भन्दा बढी जातका घाँसका बिरुवा उत्पादन गरिरहेका छन्।

रसियन कम्फे विशेषगरी बङ्गुर र कुखुराको आहाराका लागि प्रयोग हुन्छ। अन्य घाँस पनि गाईभैँसीलाई फाइबर, प्रोटिन र भिटामिनयुक्त रहेका छन्। यसका कारण गाईभैँसीलाई दान कम दिएर पनि दूध बढी उत्पादन हुन्छ।

गत वर्षदेखि बिरुवा बिक्री गर्न थालेका उनले हालसम्म १० लाख ५० हजार रुपैयाँभन्दा आम्दानी गरिसकेका गरेका छन्। उत्पादन गरेका बिरुवा गुल्मीका साथसाथै अर्घाखाँची, पाल्पा, बुटवल, रूपन्देही, कपिलवस्तु, स्याङ्जा, पोखरा, रुकुमपश्चिम, रोल्पा, दाङ, हेटौँडा र मोरङलगायत स्थानमा बिक्री हुन्छ।

अधिकांश बिरुवा उनले अनलाइन मागका आधारमा पठाउने गरेका छन्। दुईदेखि ५० रुपैयाँसम्मका बिरुवा उनीसँग छन्। अहिलेको वर्षायाममा बिक्री गर्नका लागि ४० लाख रुपैयाँ बराबरका घाँसका बिरुवा आफूसँग रहेको उनी बताउँछन्। उनले गत वर्षभन्दा अहिले १० रोपनी जग्गामा थप घाँसखेती विस्तार गरेका छन्।

घाँखखेती गर्नका लागि उहाँले कतैबाट पनि अनुदान लिएका छैनन्। ‘अनुदानले मानिसलाई परनिर्भर गराउँछ’, उनले भन्छन्, ‘सरकारले अनुदान बाँड्ने होइन, बजारीकरणमा सहयोग गर्ने हो।’

मासिक ८२ हजारको जागिर छाडेर आएँ

खत्रीले १३ वर्ष दुबईको कम्पनीमा काम गरे। ‘दुबईमा मेरो मासिक ८२ हजार आम्दानी हुन्थ्यो’, उनले ‘प्रत्येक शुक्रबार र शनिबार विभिन्न ठाउँमा घाँसखेती र बाख्रापालन गरेको ठाउँमा घुम्न जान्थे। त्यही देखेर गाउँमा घाँसखेती गर्न मन लाग्यो।’

सात लाख रुपैयाँबाट शुरु गरेको घाँसखेती व्यवसाय अहिले झण्डै ४० लाख रुपैयाँबराबरको भएको छ। उनले होलिस्टिन जातका तीन गाई र तीन भैँसी पनि पालेका छन्। साथै एक सय ३० वटा बाख्रा अट्ने खोर पनि निर्माण गरेका छन्। अबको केही समयपछि बाख्रापालन गर्ने सोच बनाएको खत्रीले बताए। ‘घाँसलाई मल चाहिन्छ। त्यो बाख्रा, गाईभैँसीबाट प्राप्त हुन्छ’, उनले भने, ‘गाईबाख्रालाई आवश्यक घाँस आफ्नै बारीमा उत्पादन हुन्छ।’

व्यवसायका लागि उनले श्रीमतीका साथ पाइरहेका छन्। ‘विदेशको पैसाभन्दा यहाँको दुःख धेरै प्यारो छ’, खत्रीले भने, ‘अब विदेश नजाने गरी व्यवसाय सुरु गरेको हुँ।’स्वदेशमा प्रशस्त सम्भावना रहेको भन्दै गाउँमै कर्म गर्न उनले युवालाई सुझाव दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP