Trending
समाज निःशुल्क शिक्षा ऐन कार्यान्वयनको खाका छिट्टै आउँछ : शिक्षामन्त्री भट्टराई अन्तर्राष्ट्रिय इजरायली प्रधानमन्त्रीको दबाब बढाउने वाचापछि गाजामा घातक हमला आर्थिक उद्योगी व्यवसायीलाई पनि सरकारी वरीयताक्रममा राख्नुपर्छ : चन्द्र ढकाल राजनीति वरिष्ठ अधिवक्ता बडाल महान्यायाधिवक्तामा नियुक्त अन्तर्राष्ट्रिय अफगानिस्तानमा वर्षा र असिनाले ३५ जनाको मृत्यु, २३० घाइते समाज देशभरका विभिन्न सवारी दुर्घटनामा पाँच जनाको मृत्यु राजनीति ललितपुर महानगरले उठायो लक्ष्यभन्दा बढी राजस्व राजनीति सिमलताल घटना : कार्यदलले काम थाल्यो समाज मोहर्रम पर्व मनाउँदै मुस्लिम समुदाय समाज वायुसेवा निगमले तिर्‍यो ४३ कराेड ९ लाख ऋण

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा योग विज्ञान शिविर


काठमाडौं : सशस्त्र प्रहरी बल नेपालको आयोजनामा पतंजली योग समितिले असार ४ गते ‘१०औँ अन्तर्राष्ट्रिय योग दिवस’को अवसरमा प्रधान कार्यालय हल्चोकस्थित नेपाल एपीएफ रंगशालामा योग विज्ञान शिविर संचालन गरेको छ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको योग विज्ञान शिविरमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारी, पतंजली योग समितिका पदाधिकारी लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, सिनियर तथा जुनियर अधिकृत तथा विल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो।

महानिरीक्षक अर्यालले शारिरीक रुपमा स्वस्थ्य, मानसिक तवरणले शान्त र आध्यात्मिक हुनको लागि योग अभ्यास निकै आवश्यक रहेको बताउनुहुँदै योगले राष्ट्रसेवक कर्मचारीहरुलाई समेत उर्जा प्रदान गर्ने बताए। उनले विगत केही वर्षदेखि सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण युनिटहरुमा अन्तर्राष्ट्रिय योग दिवस तथा अन्य अवसरहरुमा समेत योग अभ्यास संचालन गर्दै आईरहेको चर्चा गर्नुहुँदै सुरक्षा निकायमा गरिने कसरत र अभ्यासले शारिरीक रुपमा तन्दुरुस्त बनाउने र मानसिक रुपमा तन्दुरुस्त हुन योग अभ्यास आवश्यक रहेको बताए।

महानिरीक्षक अर्यालले निकट भविष्यमा समेत सशस्त्र प्रहरी बल नेपाल र पतंजली योग समितिको सम्बन्ध अझै बढि प्रगाढ हुने विश्वास व्यक्त गर्नुहुँदै योग शिविर संचालनमा प्रत्यक्ष रुपमा सहयोग पुर्‍याउनुहुने पतंजली योग समिति तथा योग गुरुहरुप्रति हार्दिक आभार प्रकट गरे।

सोही अवसरमा पतंजली योग पिठका ट्रष्टी ई. शालिग्राम सिंह र पूर्व प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्र बिक्रम महतले स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गरे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP