Trending
खेल जनकपुर बोल्टको दोस्रो जित, कर्णाली ८ विकेटले पराजित राजनीति गौरीशंकरको उपाध्यक्षमा माओवादीको अग्रता राजनीति कांग्रेस-एमाले गठबन्धनलाई पन्छाउँदै पुथाउत्तरगङ्गामा माओवादी विजयी राजनीति नेपालमा १० लाख एकल महिला समाज पर्वत अस्पतालमा जिल्लामै पहिलोपटक ‘फिजियोथेरापी’ सेवा राजनीति उद्योगमन्त्री भण्डारीले नेपालमा लगानी गर्न विदेशी लगानीकर्तालाई गरे आह्‍वान राजनीति चीन भ्रमणमा स्वास्थ्यको एजेण्डा : न्यूरो अस्पताल निर्माणदेखि ५० वटा एम्बुलेन्स राजनीति जनप्रतिनिधिले तलब पाउने चलन ठिक होइन : मुख्यमन्त्री आचार्य स्वास्थ्य नसर्ने रोगका विरामी बढेपछि अभियान चलाउँदै सरकार खेल दश ओभर खेल्दा ४ विकेट गुमाएर कर्णालीको ५२ रन

भन्सार एजेन्ट, सुरक्षाकर्मी र सराेकारवालासँग अन्तरक्रिया


कृष्णनगर, ५ असार ।

कपिलवस्तुकाे कृष्णनगरमा भन्सार एजेन्ट, सुरक्षाकर्मी र सराेकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकार कृषि तथा पशुपंछी विकास मन्त्रालय प्लान्ट क्वारेण्टिन तथा विषादी व्यवस्थापन केन्द्र कपिलवस्तुकाे आयाेजनामा साे अन्तरक्रिया कार्यक्रम गरिएको हाे ।

निर्यातकाे लागि सम्बन्धित निकाय र सराेकारवालाहरुले खेल्नुपर्ने भूमिकाकाे विषयमा एक दिने अन्तरक्रिया कार्यक्रमकाे आयाेजना गरिएको वरिष्ठ बाली संरक्षण अधिकृत बुद्धि भट्टराईले जानकारी दिए ।

कार्यक्रममा खाद्य सुरक्षाको सुनिश्चितता गर्ने, उत्पादन र स्वदेशी उद्योगको प्रोत्साहन दिने र उपभोक्ताको प्रतिस्पर्धी मूल्य एवम् गुणस्तरका अत्यावश्यक वस्तु सहज र सुलभ रूपमा प्राप्त गर्न सक्ने गरी बजार निर्माताको भूमिका खेल्ने, उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग तथा व्यावसायिक क्रियाकलाप विस्तार गर्दै दिगो आयआर्जन गर्ने गर्ने लगायत विषयमा अन्तरक्रिया गरिएको उनले बताए ।

औद्योगिकीकरण र निर्यात अभिवृद्धिको नयाँ मोडलमा जानुपर्ने आवश्यकता, सार्वजनिक संस्थानहरूमा निर्यात एकाइ स्थापना गरी निर्यातकार्यमा संलग्न गराउने, नयाँ सम्भावना भएका क्षेत्रमा स्थापित सार्वजनिक संस्थानको कार्यक्षेत्र विस्तार गरी क्रियाशील तुल्याउन र निर्यातमा राम्रो सम्भावना भएका वस्तुका सम्बन्धमा निजी सार्वजनिक साझेदारीमा नयाँ कम्पनीहरू स्थापना गरी निर्यात अभिवृद्धिमा सहयोग  पुर्‍याउन जरुरी देखिएकाेले सराेकारवालासँग अन्तरक्रिया कार्यक्रम गरिएकाे  जनाइएको छ । 

कार्यक्रममा इलाका प्रशासन, भन्सार प्रमुख, इलाका प्रहरी कृष्णनगर, सशस्त्र प्रहरी कृष्णनगर लगायतकाे उपस्थितिमा अन्तरक्रिया गरिएको हाे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP