Trending
समाज निःशुल्क शिक्षा ऐन कार्यान्वयनको खाका छिट्टै आउँछ : शिक्षामन्त्री भट्टराई अन्तर्राष्ट्रिय इजरायली प्रधानमन्त्रीको दबाब बढाउने वाचापछि गाजामा घातक हमला आर्थिक उद्योगी व्यवसायीलाई पनि सरकारी वरीयताक्रममा राख्नुपर्छ : चन्द्र ढकाल राजनीति वरिष्ठ अधिवक्ता बडाल महान्यायाधिवक्तामा नियुक्त अन्तर्राष्ट्रिय अफगानिस्तानमा वर्षा र असिनाले ३५ जनाको मृत्यु, २३० घाइते समाज देशभरका विभिन्न सवारी दुर्घटनामा पाँच जनाको मृत्यु राजनीति ललितपुर महानगरले उठायो लक्ष्यभन्दा बढी राजस्व राजनीति सिमलताल घटना : कार्यदलले काम थाल्यो समाज मोहर्रम पर्व मनाउँदै मुस्लिम समुदाय समाज वायुसेवा निगमले तिर्‍यो ४३ कराेड ९ लाख ऋण

कपिलवस्तु अस्पतालमा स्वीकृति बिना काटियाे ९ थान रुख, गल्ति मेसु वा अरु कसैकाे ?


कपिलवस्तु असार ५ गते ।
कपिलवस्तुको सदरमुकाम तौलिहवामा रहेको कपिलवस्तु जिल्ला अस्पताल । त्यही अस्पताल जहाँ पुग्दा चर्को गर्मी शितल छहारी खोज्नु हुन्छ । त्यो पाउन सक्नु हुन्न । २ महिना अगाडि सम्म अस्पताल परिसरमा रुख थिए । तर अहिले ति रुख काटेर उजाड बनेको छ ।

परिसर भित्रका ९ ओटा रुख गैर कानुनी रुपमा गोलिया र दाउरामा परिणत भई सकेको छ । सुटुक्क रुख काटिए पछि अस्पतालमा आउने सेवाग्राही शितल खोज्न अस्पताल भवनको सहारा लिनु परेको छ ।
कपिलवस्तु अस्पताल प्रशासनले वन कार्यालयको अनुमती नलिई रुख काटिएको रहस्य बाहिर आएको छ । अस्पतालले प्रकृया पुरा नगरी २ महिना अगाडि रुख काटेको छ ।

सिसौ, आँप शिर्षा फूल लगायतका रुख पूर्व मेसु विपिन जयसवालको मिलोमतोमा काटिएको रहस्य खुलेको छ । मेसु जयसवालले सुटुक्क रुख कटान गर्ने मानिस बोलाई रुख काटेका थिए । काटिएका रुखका गोलीया अहिले अलपत्र अवस्थामा रहेको छ । न त्यसको कुनै लेखाजोखा छ त कुनै कागजात नै छ ।
सार्वजनिक स्थलका रुखका काट्नको लागि जिल्ला प्रशासन कार्यालयको बैठकले स्विकृत हुनु पर्ने नियम छ ।

बैठकले अवस्था विश्लेषण गरी काट्नु पर्ने नपर्ने औचित्य ठहर गर्छ । त्यसपछि मात्र रुख काट्न पाउने नियम रहेको छ । तर प्रकृया पुरा नगरी रुख काटिए पनि सरोकारवाला निकाए मौन रहेका छन् । अस्पतालमा रहेको एउटा रुख सुकेपछि समितिले कटान गर्न आवश्यक रहेको रुख काट्ने निर्णय भएपनि अन्य कुनै प्रकृया पुरा नभएको नाम नखुलाउने शर्तमा एक कर्मचारीले बताए ।

मेसु जयसवाललाई सम्पर्क गर्दा फोन नउठेपछि यसबारे अस्पताल प्रशासन प्रमुख रत्नकर शुक्लासँग बुझ्दा आफू जानकारी पाए अनुसार अस्पताल प्रशासन समितिसँग एउटा सुकेको रुख काटने निर्णय गराएको बताए । उनका अनुसार निर्णय गराएको भएपनि कुनै लिखित प्रमाण भने आफूसँग नभएको जनाए । सम्बन्धित वन कार्यालयसँग समन्वय नभएको र निकाय मौन रहेको उनको भनाई छ ।

यता डिभिजन वन कार्यालय कपिलवस्तुका वन अधिकृत सन्त थिङले वन कार्यालयसँग रुख कटान अनुमती नलिइ काटिएको बताए । उनले भने ः ‘रुख काटने भएपछि अस्पतालले वन कार्यालयसँग समन्वय गर्नुपर्ने हो तर आफूलाई कुनै विशेष जानकारी भएको छैन् ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP