Trending
समाज कालिकोटमा जिप दुर्घटना नौ जनाको मृत्यु राजनीति रविलाई अझै १३ दिन थुनामै राखेर अनुसन्धान गर्न अनुमति राजनीति सर्वोच्चको न्यायाधीशमा पाण्डे र निरौला नियुक्त समाज चीन र अमेरिकाका लागि नियुक्त भए राजदूत समाज मृत्युमार्ग जस्तै बने कर्णालीका सडक, भिआइपीलाई बस चढेर हिँड्न आग्रह राजनीति अहिलेको गठबन्धन सरकार पूरै कार्यकाल जान्छ : सभापति देउवा राजनीति सहकारी ठगबाट पैसा असुलेर पीडितलाई फिर्ता गर्छौं : मन्त्री यादव समाज मिथिलाञ्चलमा सामा चकेवाको रौनक शुरु अन्तर्राष्ट्रिय इजिप्टले जर्मनीबाट ६७ कलाकृति बरामद गर्‍यो राजनीति पुलिसको पञ्जाबाट बोले लीलाबल्लभ – अनुसन्धानमा सघाउन काठमाडौं हिँडेँ

अधिकारकर्मीको तत्काल रिहाइ गर्न चीनसँग अमेरिकाको माग

एजेन्सी

संयुक्त राज्य अमेरिकाले स्वतन्त्र पत्रकार र महिला अधिकारकर्मी हुवाङ जुएकिन सोफिया हुवाङ साथै श्रम अधिकारकर्मी वाङ जियानबिङलाई अन्यायपूर्ण सजायको दिइएको भन्दै उनीहरूको तुरुन्त रिहा गर्न बेइजिङसँग आग्रह गरेको छ।

“हामी चीनलाई हुवाङ र वाङका साथै आफ्नो मौलिक स्वतन्त्रताको प्रयोग गरेको आरोपमा अन्यायपूर्ण रूपमा हिरासतमा राखिएका अन्य व्यक्तिलाई तुरुन्तै रिहा गर्न आग्रह गर्दछौँ,” अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरद्वारा हस्ताक्षरित एक विज्ञप्तिमा भनिएको छ।

चिनियाँ प्रशासनले लामो समयसम्मको अनुसन्धान र परक्षिणपछि हुवाङलाई पाँच वर्ष तथा वाङलाई तीन वर्ष र छ महिनाको जेल सजाय सुनाएको हो।

यसबाहेक, अमेरिकी विदेश विभागले चीनलाई अभिव्यक्ति र निष्पक्ष परीक्षणजस्ता स्वतन्त्रतासहित मानव अधिकारको सम्मान गर्ने आफ्नो वाचा कायम राख्न आग्रह गरेको छ।

“हामी जन गणतन्त्र चीनलाई आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न र अभिव्यक्ति स्वतन्त्रता र निष्पक्ष परीक्षणको सुनिश्चिततासहित मानव अधिकारको सम्मान गर्न आह्वान गर्दछौं। साथै मानव अधिकार रेकर्डको विश्वव्यापी आवधिक समीक्षाको क्रममा यस वर्ष गरिएका धेरै सिफारिसहरू स्वीकार गर्न पनि आग्रह गर्दछौं,” विज्ञप्तिमा भनिएको छ।

हुवाङले चीनको मिटु आन्दोलनको समयमा यौन उत्पीडनको रिपोर्ट गर्न पीडितहरूका लागि एक सामाजिक सञ्चार प्लेटफर्म सिर्जना गरेका थिए। उनले विश्वविद्यालय र कार्यस्थलहरूमा यौन उत्पीडन चिन्ताको विषय भएको सर्वेक्षणहरू साझा गर्नुभएको ‘द भ्वाइस अफ अमेरिका’ले जनाएको छ। सन् २०१९ मा हङकङमा भएको विरोध प्रदर्शनमा सहभागी भएको आरोपमा उनलाई पक्राउ गरिएको थियो।

भ्वाइस अफ अमेरिकाका अनुसार, वाङ सन् २०१४ देखि श्रमिकहरूको अधिकार र अपाङ्गता भएका व्यक्तिहरूका लागि वकालत गर्दै आएका छन्।

अनलाइन समर्थन समूह फ्रि हुआङ जुएकिन र वाङ जियानबिङका अनुसार हुवाङले सजायविरुद्ध पुनरावेदन गर्ने योजना बनाएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP