Trending
flash लुम्बिनी प्रादेशिक सडक गुरुयोजना टुंग्याउन सुझाव संकलन सुरु राजनीति लेबनान र इजरायलका नेपालीको अवस्थाबारे ‘अपडेट’ भई आवश्यक सहयोग गर्न निर्देशन समाज पशुपति विकास कोषले नै गौशालास्थित धर्मशालाको व्यवस्थापन गर्ने राजनीति मन्त्रिपरिषद्‌का यी हुन् पछिल्ला २१ निर्णय (सूचीसहित) समाज काठमाडौंबाट ओखलढुंगा प्लेन जान थाल्यो, भाडा कति? समाज ब्रोइलरको मासुमा बिक्रेताको मनपरी मूल्य, किलोमा ८० रुपैयाँसम्मको फरक राजनीति हवाई यात्रा सहज बनाइरहेको छु : मन्त्री पाण्डे अन्तर्राष्ट्रिय इजरायली आक्रमणबाट लेबनानमा विस्थापितको संख्या झण्डै १२ लाख पुग्‍यो समाज लाभग्राहीहरूको विवरण तत्काल पठाउन गृहमन्त्रीको निर्देशन अन्तर्राष्ट्रिय इजरायली आक्रमणको विरोधमा बगदादमा प्रदर्शन

दुर्घटना न्यूनीकरण गर्न व्यक्ति स्वयम सचेत हुनुपर्छ : मुख्यमन्त्री कार्की


विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सडक दुर्घटना र त्यसबाट घाइते हुनेको अवस्था भयावह भएकाले यसलाई न्यूनीकरण गर्न व्यक्ति स्वयम सचेत हुनुपर्ने बताएका छन्।

बिहीबार विराटनगरमा ट्राफिक सचेतना कार्यक्रमको उद्घाटन समारोहमा मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन्।

दुर्घटनाको अवस्था भयावह भएको उल्लेख गर्दै यसका लागि सबैको सामूहिक प्रतिबद्धताको आवश्यकता रहेको बताए। उनले दुर्घटनाबाट सयौंको संख्यामा मानिसहरुको मृत्यु भइरहेको र घाइते हजारौँ भएको उल्लेख गर्दै यसको न्यूनीकरणको लागि चालक, सहचालक र व्यक्ति स्वयम सचेत र चनाखो हुनुपर्ने बताए।

कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको आयोजनामा भएको कार्यक्रममा उनले आगामी वर्षमा ५० प्रतिशत दुर्घटना न्यूनिकरण गर्ने गरी काम गर्न आग्रह गरे।

प्रदेश सरकारले ट्राफिक प्रहरीलाई व्यवस्थापन गर्न आवश्यक स्रोत साधन सहयोग गर्ने नीति लिएको उल्लेख गर्दै ट्राफिक प्रहरीको संख्या बढाउन पनि प्रहरी तयार हुनुपर्ने विचार व्यक्त गरे।

झापा, मोरङ र सुनसरीको कुनै निश्चित क्षेत्रमा नमुना ट्राफिक व्यवस्थापनमा नमुना सडक घोषणा गरेर कार्यक्रम गरेको खण्डमा सकात्मक प्रचार हुने र यसका लागि ट्राफिक प्रहरीले सरकारसँग समन्वय गरेर काम गर्न मुख्यमन्त्री कार्कीले निर्देशन दिए।

ट्राफिक सप्ताहको समयलाई पुनः विचार गरेर दशैं, तिहार जस्ता पर्व अघि अथवा वैशाखमा यो कार्यक्रम गर्न सुझाव दिँदै मुख्यमन्त्री कार्कीले यसो गरेमा कार्यक्रम प्रभावकारी हुने बताए।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले ट्राफिक सचेतना घर घरमा पुर्याउनुपर्नेमा जोड दिए। ट्राफिक प्रहरीलाई आधुनिकीकरण गरेर लैजान सरकार लागि परेको उनको भनाइ थियो।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङले सडक दुर्घटना न्यूनीकरणमा राज्यको ध्यान गम्भीर रूपमा नगएको उल्लेख गरे। कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, यातायात व्यवसायी सरोज श्रेष्ठ, ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी उपरीक्षक सरोज पौडेल लगायतले आफ्नो धारणा राखेका थिए।

असार ६ गतेबाट सुरु भएको ट्राफिक सप्ताह असार १२ गतेसम्म संचालन हुनेछ। अभियान भरीमा विभिन्न सचेतनामूलक कार्यक्रम गर्ने तयारी छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP