Trending
राजनीति प्रविधिका उद्यमी र विज्ञसँग प्रधानमन्त्री : घरबाटै एकै दिनमा कम्पनी र भ्याट दर्ता गराउन सकिने राजनीति सप्तकोशीको कटान रोक्न अस्थायी र दीर्घकालीन योजना तयार गछौँ : गृहमन्त्री लेखक स्वास्थ्य बिरामीको चाप घटाउन मन्त्री पौडेलले गरे सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव समाज टेलिभिजनहरूको भ्युअरशिपका आधारमा विज्ञापन दिने बोर्डको तयारी राजनीति देउवासँग एनआरएनए अध्यक्ष केसीको गुनासो राजनीति प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ राजनीति कांग्रेस‚ माओवादी र रास्वपा सांसदले मागे लेखा समिति सभापति पोखरेलको राजीनामा राजनीति संविधान बमोजिम आएको अध्यादेश कसरी अलोकतान्त्रिक भयो ? : गोकुल बास्कोटा राजनीति मधेश सरकारद्वारा स्थानीय तहको कानून तर्जुमासम्बन्धी छलफल शुरु राजनीति एमाले सचिवालय बैठक दिउँसो ४ बजे बस्दै

जाजरकोट भूकम्प पीडितले अझै पाएनन् चीन सरकारले घोषणा गरेको सहयोग


काठमाडौं : जाजरकोटका भूकम्प पीडितले चीन सरकारले दिने भनेको सहयोग अझै पाएका छैनन्। अघिल्लो वर्षको कात्तिक १७ गते भूकम्प गएलगत्तै चीनले सहयोगका लागि घोषणा गरेको २६ करोड रुपैयाँ अझै पनि पीडितले नपाएका हुन्।

गत वर्षको कार्तिक १७ गते मध्यरातमा जाजरकोट केन्द्रबिन्दू भएर गएको भूकम्पका कारण जाजरकोट र रुकुममा ठूलो क्षति भएको थियो। त्यसैगरी डेढ सय बढी मानिसको ज्यान जानुका साथै सयौँ घाइते भए। त्यस्तै, भूकम्पले हजारौँ घरसमेत ध्वस्त बनेका थिए। ती घरहरू अझैसम्म पुनर्निर्माण हुन सकेका छैनन्।

भूकम्पको सात महिनापछि पनि पीडितहरुमध्ये धेरैको जनजीवन अझै सहज हुन सकेको छैन। माओवादी केन्द्रको पकड क्षेत्र मानिए पनि केन्द्रीय पदाधिकारीबीच हानथाप भएसँगै आएको सहयोग सामग्रीको समेत सदूपयोग हुन नसकी दुरुपयोग भएको भन्दै चौतर्फी आलोचनासमेत सुनिने गरेको छ।

त्यतिबेला छिमेकी राष्ट्रहरुबाट आएको सामग्रीको चरम दुरुपयोग भएको समाचार हरेक मिडियामा छाएकै थियो। सो क्रममा चीनले दिएको १० करोडको भनिएको राहत पनि नेताहरुले आफू सुहाउँदो तरिकाले दुरुपयोग गरेको आरोप लागेको छ।

यता कार्तिक २१ गते नै चीनले २६ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको भए पनि अहिलेसम्म सहयोग गरेको छैन। पछिल्लो समय फेरि सो सहयोग गर्ने चर्चा चलिरहेको छ। यसबाट भने चीनप्रति गरिएको विश्वास कम हुँदै गएको विश्लेषण हुन थालेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP