एजेन्सी
भारतले प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो १०० दिनमा ओमानसँग स्वतन्त्र व्यापार सम्झौता (एफटीए) मा हस्ताक्षर गर्ने तयारी गरेको छ। भारत—ओमानबीच हुने एफटीए लगभग फाइनल भएको छ, दुवै पक्षबाट औपचारिक राजनीतिक सहमतिको पर्खाइमा, रहेको एक अधिकारीले भने।
चुनावको केही दिनअघि, मार्च १० मा भारतले चार युरोपेली देशहरू आइसल्याण्ड, लिक्टेनस्टाइन, नर्वे र स्विट्जरल्याण्डको समूहसँग एफटीएमा हस्ताक्षर गरेको थियो। चार देशले १५ वर्षभित्र १० लाख भारतीय नागरिकलाई प्रत्यक्ष रोजगारी सिर्जना गर्न भारतमा १०० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।
भारतीय र ओमानी अधिकारीहरूले आवश्यक मस्यौदा कागजातहरू तयार गरिसकेका छन्। हस्ताक्षर भएपछि, ओमानसँगको एफटीए मोदीको तेस्रो कार्यकालको पहिलो महत्त्वपूर्ण द्विपक्षीय सम्झौता हुनेछ।
भारतले फेब्रुअरी १८, २०२२ मा संयुक्त अरब इमिरेट्ससँग एफटीएमा हस्ताक्षर गरेको थियो, त्यसपछि अप्रिल २ मा अष्ट्रेलियासँग अर्को सम्झौता भएको थियो। योसँगै भारतले बेलायत, पेरु र युरोपेली युनियनसँग एफटीए वार्ता गरिरहेको छ।
ओमानसँगको प्रस्तावित सम्झौताले भारतलाई आफ्नो ऊर्जा सुरक्षामा मद्दत गर्ने र विदेशी लगानी बढाउनका साथै मलको सस्तो आपूर्ति सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।
यसले ओमानमा चामल, चिया, कफी, मसला, दुग्धजन्य उत्पादन, मासु, कपडा, स्टिल र मेसिनरी जस्ता वस्तुको आयातको मूल्य घटाउन मद्दत पुग्ने विश्वास लिइएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया