Trending
समाज निःशुल्क शिक्षा ऐन कार्यान्वयनको खाका छिट्टै आउँछ : शिक्षामन्त्री भट्टराई अन्तर्राष्ट्रिय इजरायली प्रधानमन्त्रीको दबाब बढाउने वाचापछि गाजामा घातक हमला आर्थिक उद्योगी व्यवसायीलाई पनि सरकारी वरीयताक्रममा राख्नुपर्छ : चन्द्र ढकाल राजनीति वरिष्ठ अधिवक्ता बडाल महान्यायाधिवक्तामा नियुक्त अन्तर्राष्ट्रिय अफगानिस्तानमा वर्षा र असिनाले ३५ जनाको मृत्यु, २३० घाइते समाज देशभरका विभिन्न सवारी दुर्घटनामा पाँच जनाको मृत्यु राजनीति ललितपुर महानगरले उठायो लक्ष्यभन्दा बढी राजस्व राजनीति सिमलताल घटना : कार्यदलले काम थाल्यो समाज मोहर्रम पर्व मनाउँदै मुस्लिम समुदाय समाज वायुसेवा निगमले तिर्‍यो ४३ कराेड ९ लाख ऋण

तानसेन नगरले ल्यायो पौने दुई अर्बको बजेट


पाल्पा : तानसेन नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ।

शुक्रबार आयोजित १५ औं नगर अधिवेशनको पहिलो बैठकमा बजेट तथा कार्यक्रम सार्वजनिक गरिएको हो। नगर उपप्रमुख प्रतीक्षा सिंजालीले आगामी आर्थिक वर्षका लागि एक अर्ब ७६ करोड ७६ लाख २० हजार ९५७ बराबरको अनुमानित बजेट सार्वजनिक गरेकी हुन्।

चालु खर्चतर्फ ८४ करोड ७७ लाख ७ हजार ५५७ अर्थात् ४७.९६ प्रतिशत बजेट विनियोजन गरिएको छ। पुँजीगत खर्चतर्फ ९१ करोड ९९ लाख १३ हजार ३८२ अर्थात् ५२.०४ प्रतिशत बजेट विनियोजन गरिएको उनले बताइन्।

शहरी शासकीय कार्यक्रमतर्फको पुँजीगत रकमको कारण पुँजीगत खर्च बढी देखिएको उनले बताइन्। उनका अनुसार भौतिक पूर्वाधार विकासतर्फ सबैभन्दा बढी ८३ करोड ८१ लाख ९२ हजार ४५३ रुपैयाँ विनियोजन गरिएको छ। सामाजिक विकासतर्फ ६९ करोड ३७ लाख ५९ हजार ४७२, सुशासन तथा संस्थागत विकासतर्फ १४ करोड ८८ लाख ३७ हजार ७०२, आर्थिक विकास क्षेत्रतर्फ ६ करोड २ लाख ४६ हजार १३९ वातावरण तथा विपद् व्यवस्थापनतर्फ २ करोड ६५ लाख ८५ हजार १८९ रुपैयाँ बजेट छुट्याइएको छ।

आगामी आर्थिक वर्षको आन्तरिक राजस्वबाट १८ करोड ४३ लाख १७ हजार ९५७ आन्तरिक आम्दानी हुने अनुमान रहेको उपप्रमुख सिंजालीले बताइन्।

बजेट तर्जुमा गर्दा सार्वजनिक सेवा प्रवाह र सुशासनलाई प्राथमिकता दिइएको छ। यस्तै पूर्वाधार विकास तथा पुँजी निर्माण, शिक्षामा गुणात्मक विकास, कृषि क्षेत्रको व्यवसायिकरण, बजारीकरण र आधुनिकीकरण, आय आर्जन र स्वरोजगार, मानव संशाधन विकास र वातावरण संरक्षण र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखिएको उनले स्पष्ट पारिन्।

यसअघि शुक्रबार नै नगरप्रमुख सन्तोषलाल श्रेष्ठले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

आर्थिक वर्ष २०८१र०८२ देखि २०८५/०८६ सम्मको प्रस्तावित आवधिक योजनामा समृद्ध सांस्कृतिक नगर भन्ने दीर्घकालीन सोच तय भएको र सोही सोच र निर्धारित लक्ष्यलाई आधार मानी यो नीति तथा कार्यक्रम तर्जुमा गरिएको उनले बताए।

स्वस्थ, शिक्षित, उद्यमशील, व्यावसायिक, सभ्य र सुखी नागरिक बसोबास गर्ने स्वच्छ, सुन्दर, पर्यटकीय, व्यवस्थित, समावेशी र समृद्ध सांस्कृतिक नगरपालिकाको योजनालाई सफल पार्नका लागि नीति तथा कार्यक्रममा प्राथमिकता दिएको नगरप्रमुख श्रेष्ठले बताए।

प्रस्तुत नीति तथा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनमा सघाउन सबैसँग अनुरोध गरे। संसदीय अभ्यास गरी अधिवेशन संचालन भएको थियो। अर्को बैठक यही असार २८ गते दिउँसो १ बजे बस्‍नेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP