Trending
समाज निःशुल्क शिक्षा ऐन कार्यान्वयनको खाका छिट्टै आउँछ : शिक्षामन्त्री भट्टराई अन्तर्राष्ट्रिय इजरायली प्रधानमन्त्रीको दबाब बढाउने वाचापछि गाजामा घातक हमला आर्थिक उद्योगी व्यवसायीलाई पनि सरकारी वरीयताक्रममा राख्नुपर्छ : चन्द्र ढकाल राजनीति वरिष्ठ अधिवक्ता बडाल महान्यायाधिवक्तामा नियुक्त अन्तर्राष्ट्रिय अफगानिस्तानमा वर्षा र असिनाले ३५ जनाको मृत्यु, २३० घाइते समाज देशभरका विभिन्न सवारी दुर्घटनामा पाँच जनाको मृत्यु राजनीति ललितपुर महानगरले उठायो लक्ष्यभन्दा बढी राजस्व राजनीति सिमलताल घटना : कार्यदलले काम थाल्यो समाज मोहर्रम पर्व मनाउँदै मुस्लिम समुदाय समाज वायुसेवा निगमले तिर्‍यो ४३ कराेड ९ लाख ऋण

समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुनेगरी बजेट ल्याएका छौँ : अर्थमन्त्री


काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले उत्पादन वृद्धि, रोजगारी सिर्जना र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने मूल नाराका आधारमा बजेट ल्याएको बताएका छन्।

शनिवार काठमाडौँमा नेकपा (माओवादी केन्द्र) अछाम—काठमाडौँ सम्पर्क समन्वय समितिको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। अर्थमन्त्री पुनले बजेटमा कृषि, पर्यटन, जलविद्युत, आइटी क्षेत्रलाई नेपालको अर्थतन्त्रमा रुपान्तरण ल्याउने क्षेत्रका रुपमा अघि सारिएको बताए।

उनले भने, ‘अहिले हामीले बजेटमा पनि उत्पादन वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने गरी बजेट ल्याएका छौँ। अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा निर्देशन भए अनुसार कृषि, पर्यटन, जलविद्युत, आइटी र उत्पादनमूलक क्षेत्रहरु नेपालको अर्थतन्त्रमा रुपान्तरण ल्याउने क्षेत्र हुन सक्छन् भनेर प्राथमिकता दिइएको छ।’

उनले बजेटमा सात प्रदेशका सातवटा विशेषता छुट्याएको बताए। उनले सुदूरपश्चिमलाई पर्यटकीय हबका रुपमा विकास गर्नेगरी बजेट विनियोजन गरिएको बताए।

उनले सरकारले अहिले सुशासन, सामाजिक न्याय, समृद्धिलाई जोडेर लैजाने गरी काम गरिरहेको पनि बताए। मानिस धनी हुने मात्रै नभइ समानतातिर लैजाने किसिमले उत्पादनकेन्द्रित बजेट ल्याएको उनको जिकिर छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP