Trending
समाज निःशुल्क शिक्षा ऐन कार्यान्वयनको खाका छिट्टै आउँछ : शिक्षामन्त्री भट्टराई अन्तर्राष्ट्रिय इजरायली प्रधानमन्त्रीको दबाब बढाउने वाचापछि गाजामा घातक हमला आर्थिक उद्योगी व्यवसायीलाई पनि सरकारी वरीयताक्रममा राख्नुपर्छ : चन्द्र ढकाल राजनीति वरिष्ठ अधिवक्ता बडाल महान्यायाधिवक्तामा नियुक्त अन्तर्राष्ट्रिय अफगानिस्तानमा वर्षा र असिनाले ३५ जनाको मृत्यु, २३० घाइते समाज देशभरका विभिन्न सवारी दुर्घटनामा पाँच जनाको मृत्यु राजनीति ललितपुर महानगरले उठायो लक्ष्यभन्दा बढी राजस्व राजनीति सिमलताल घटना : कार्यदलले काम थाल्यो समाज मोहर्रम पर्व मनाउँदै मुस्लिम समुदाय समाज वायुसेवा निगमले तिर्‍यो ४३ कराेड ९ लाख ऋण

इटालीको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो

एजेन्सी

इटालीको तटरक्षकले यस हप्ताको सुरुमा दक्षिणी तटमा भएको आप्रवासी जहाज दुर्घटनामा थप १४ जनाको शव फेला परेसँगै र मृतकको सङ्ख्या ३४ पुगेको पुष्टि गरेको छ।

“यस हप्ताको सुरुमा क्यालाब्रियाको तटमा भएको डुङ्गा दुर्घटनामा ११ जनाको उद्धार गरिएको थियो भने ६० भन्दा बढी बेपत्ता भएका थिए“, तटरक्षकले एक विज्ञप्तिमा जानकारी गरायो।

बेपत्ता व्यक्तिहरूको लागि हवाई एवम् समुद्री खोजी जारी रहेको बताएको छ।

तटरक्षकले बिहीबार महिला र बालबालिकासहित १२ जनाको शव फेला परेको जानकारी गराएको हो।

यस हप्ताको सुरुमा मेडिकल च्यारिटी डक्टरस विदाउट बोर्डर्स एमएसएफले कम्तीमा २६ जना बालबालिकासहित ६६ जना बेपत्ता भएको जानकारी दिएको थियो।

जर्मन सहायता समूह ’रेस्क्युशिप’का अनुसार सोमबार इटालीको लम्पेडुसा टापुमा डुबेको आप्रवासी डुङ्गामा १० जनाको शव फेला परेको थियो।

संयुक्त राष्ट्रसङ्घको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनका अनुसार गत वर्ष भूमध्यसागरमा करिब ३ हजार १५५ आप्रवासीको मृत्यु र बेपत्ता भएका थिए। यस वर्ष अहिलेसम्म एक हजारभन्दा बढीको मृत्यु र बेपत्ता भएका छन्।

उत्तरी अफ्रिका र इटाली र माल्टा बीचको क्षेत्र भूमध्यसागर विश्वको सबैभन्दा घातक आप्रवासन मार्ग हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP