ललितपुर : उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियामा दमननाथ ढुङ्गाना र पद्मरत्न तुलाधरको योगदान बिर्सन नसकिने बताएका छन्।
पद्मरत्न लुमन्ति गुथिद्वारा आज ललितपुरमा आयोजित ‘स्मृतिमा पद्मरत्न तुलाधर’ पुस्तक विमोचन तथा व्यक्तित्व सम्मान कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले भाषिक, साहित्यिक आन्दोलनमा मात्रै नभएर नेपाली राजनीतिको निरंकुशताविरुद्धको आन्दोलनमा पनि तुलाधरको योगदान महत्त्वपूर्ण रहेको बताए।
नेवा समुदायका अग्रज, मानवअधिकारवादी व्यक्तित्व, नेपालभाषा मङ्का खलका पूर्वअध्यक्ष तुलाधरको व्यक्तित्व समेटेर उक्त पुस्तक प्रकाशित गरिएको हो।
“तुलाधरको बहुआयामिक व्यक्तित्व र प्रतिभाबाट धेरै कुरा सिक्न सकिन्छ, नेपाली समाजमा लोकतान्त्रिक उपलब्धि हासिल गर्न तुलाधरले गरेको योगदान अतुलनीय छ। उहाँ साहित्यकार, सिद्धहस्त पत्रकार, लेखक तथा जनप्रतिनिधिसमेत हुनुहुन्थ्यो”, उपप्रधानमन्त्री श्रेष्ठले भने, “लोकतान्त्रिक आन्दोलनको योद्दाका रुपमा समन्वयकारी भूमिका खेल्ने र सहकार्यको सूत्राधार गर्ने व्यक्तित्व तुलाधर हुनुहुन्थ्यो।”
उपप्रधानमन्त्री श्रेष्ठले पद्मरत्नसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको स्मरण गर्दै यस्ता सुयोग्य पात्रको सम्झानमा पुस्तक प्रकाशन गरेर उत्कृष्ट कार्य गरिएको बताए।
पुस्तकले एउटा इतिहासलाई जीवन्त बनाइराख्नुका साथै उहाँहरूको योगदानको स्मरण सदैव भइरहने उनको भनाइ छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया