Trending
राजनीति प्रतिनिधिसभाले पारित गर्‍यो ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ राजनीति भारत भ्रमणमा जानुअघि मुख्यमन्त्री साहले भने- कुनै पनि आतंककारी गतिविधि नेपाललाई अस्वीकार्य अन्तर्राष्ट्रिय म्यान्माका अधिकारीहरू सुकीको बङ्गला लिलामीमा चौथो पटक असफल भए राजनीति वर्तमान शासन व्यवस्थाको विकल्प छैन तर सरकार चाहिँ इमानदार हुनुपर्छ : प्रचण्ड मनोरन्जन ‘एलओडीले छ वसन्तमा धेरै पालुवा फेरेको छ’ शिक्षा किन सरकार-शिक्षकबीच हुन सकिरहेकाे छैन सहमति ? राजनीति ‘संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ, नत्र गोहीका आँसु ननिकालौँ’ समाज धरानबाट हराएको बस विराटनगरमा भेटियो राजनीति सोमबारको संसद् बैठकमा अश्लील बोलेको छैन : पूर्वमन्त्री आले राजनीति सरकारले शिक्षकहरूलाई विद्यालय फर्किने वातावरण बनाओस्ः सांसद खतिवडा

नेपालमा बसेर अध्ययन गर्न चाहने विदेशीलाई विद्यार्थी भिसा दिनुपर्छ : सचिव काफ्ले


काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. दीपक काफ्लेले ६ महिनाभन्दा बढी समय नेपालमा आई अनुसन्धान गर्न चाहने विदेशीलाई विद्यार्थी भिसा दिनुपर्ने बताएका छन्। शनिबार ललितपुरमा भएको ‘अबको शैक्षिक बाटो, सुहाउँदो समाज र माटो विषयक’रोतोपाटी प्ल्स टु कन्क्लेभका क्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले कुनै पनि देशबाट नेपालमा आई ६ महिनाभन्दा बढी अध्ययन, अनुसन्धान गर्न चाहनेहरुका लागि विद्यार्थी भिसा उपलब्ध गराउनुपर्नेबारेमा सरकार स्तरमा छलफल चलिरहेको बताए।

उनले ६ महिना बढी अध्ययन, अनुसन्धान गर्न चाहनेहरुका लागि विद्यार्थी भिसा दिनसके नेपाल अध्ययन गर्ने गन्तव्यस्थलका रूपमा विकास हुने बताए। उनले सरकारले आगामी आर्थिक वर्षभित्र देशमा १५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको उल्लेख गर्दै १५ लाखमध्ये ५ लाख विद्यार्थीहरू नेपाल भित्र्याउन सक्नुपर्ने बताए।

उनले धेरैभन्दा धेरै विद्यार्थी भित्र्याउनका लागि सरकार, निजी क्षेत्र, समुदाय र विश्वविद्यालय सबै मिल्न आवश्यक रहेको बताए। संसारमै नभएका कुराहरु रहेको भन्दै नेपालमा रहेको भन्दै नेपाल अध्ययनका लागि महत्वपूर्ण गन्तव्यस्थल बन्नसक्ने जिकिर गरे।

उनले भने, ‘विश्वव्यापी रुपमा भन्नेकुराहरु छ। मान्छेहरुलाई ६ महिनाभन्दा बढी कुनै मानिसले रिसर्च गर्छ भने त्यसलाई स्टुडेण्ट भिसाको रुपमा दिऔँ। स्टुडेण्ट भिसा दिनुपर्छ भनेर हामीले अहिले सरकारी स्तरमा छलफलहरु छ। त्यस हिसाबमा मानिसले यहाँ पनि आउने गन्तव्य बनाउनुपर्‍यो। अहिले सरकारको नीति कार्यक्रममा १५ लाख पर्यटन ल्याउने भनेको छ। त्यो १५ लाख पर्यटक मध्ये ५ लाख मान्छे स्टुडेण्ट ल्याऔँ न।’

सचिव काफ्लेले विश्वविद्यालयको शिक्षालाई सक्षमताको कसी र ग्लोवल इस्युमा हेर्न आवश्यक रहेको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP