Trending
flash कृष्णनगर ७ मा १० दिने माला पाेते चुरा बनाउने सीप विकास तालिम सुरु समाज मुक्कुम्लुङमा राज्यले जबरजस्ती दमन गर्‍याे : सांसद चौधरी राजनीति अदालतले धरौटीमा छोडिसकेपछि संसदबाट रविलाई निलम्वन गर्नु हुँदैन: प्रचण्ड राजनीति प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक राजनीति शेरा दरबार प्रकरणको अनुसन्धान मबाटै शुरु गरौँः अध्यक्ष दाहाल समाज प्रसूति व्यथा लागेको १८ घन्टापछि उद्धार गरी काठमाडौँ ल्याइयो राजनीति इशरा र सरस्वतीको हत्याका दोषीलाई कारबाही गर्नुपर्ने माग समाज कामपाले किन उठाएन सडक पेटीको ‘ब्लक’? राजनीति सरकारले आजको बैठकमा अध्यादेश प्रस्तुत नगर्ने अपराध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

कृष्णनगरद्वारा ७१ कराेड ४० लाख ३६ हजारकाे बजेट प्रस्तुत

कृष्णनगर, १० असार ।

कृष्णनगर नगरपालिकाले ७१ कराेड ४० लाख ३६ हजारकाे बजेट सार्वजनिक गरेकाे छ । साेमबार १२ औँ नगर सभाबाट उक्त बजेट प्रस्तुत गरिएको नगरपालिकाले जनाएको छ ।

आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रमलाई नगर उप-प्रमुख आरती देवी चाैधरीद्वारा प्रस्तुत गरिएको नगर प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले जानकारी दिए । नगर उप-प्रमुख आरती देवी चौधरीले बजेट प्रस्तुत गर्दै आर्थिक विकास तर्फ १० प्रतिशत, सामाजिक विकास तर्फ १५ प्रतिशत, पूर्वधार विकास तर्फ ६० प्रतिशत बन तथा वातावरण तर्फ ८ प्रतिशत र सुशासन प्रवर्द्धन तर्फ ७ प्रतिशत बजेट निर्धारण गरेको बताइन् ।

कार्यक्रममा नगर प्रमुख रजत प्रताप शाहले नगरले प्रस्तुत गरेकाे ७१ कराेड ४० लाख ३६ हजारकाे बजेटमा सामाजिक सुरक्षा भत्ता समावेश नगरिएको बताए । उनले शिक्षा र स्वास्थ्यलाई नगरले प्राथमिकतामा राखेकाे बताएकाे बताउँदै  शिवराज अस्पतालको लागि ९० लाख बजेट विनियोजन गरेको जनाए । शाहले नगरको विकासको लागि अहोरात्र खटेर काम गरिरहेको बताए । 

सडक,शिक्षा,स्वास्थ्य,खानेपानी,कृषि लगायतलाई प्राथमिकता दिँदै चालु आर्थिक वर्षमा भए गरेका कामको बारेमा सभाका सदस्यहरुलाई जानकारी गराएका थिए । जनताको चाहाना अनुसार योजना निर्माण गरेको जनाउँदै प्रदेश र केन्द्रका योजनाहरु पनि नगरमा रहेकोले नगरलाई समृद्ध बनाउन आफु दृढ रहेको मेयर शाहको भनाई छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP