सोलुखुम्बु : उत्पादनलाई जोड दिँदै थुलुङ दुधकोशी गाउँपालिकाले करिब रु ६१ करोड बजेट ल्याएको छ। थुलुङ दुधकोशी गाउँपालिकाको दोस्रो गाउँसभाको पाँचौँ अधिवेशनमा (सोमबार) रु ६० करोड ६० लाख २८ हजार बजेट पेश भएको हो।
जसमा नेपाल सरकार वित्तिय समानिकरण अनुदान रु १२ करोड २८ लाख र प्रदेश सरकार रु ७८ लाख ९ हजार गरि जम्मा १३ करोड ६ लाख ९ हजार रहेको छ। यस्तै सशर्त अनुदान रु।३३ करोड ४७ लाख ४७ हजारमा नेपाल सरकारको रु।३२ करोड ३२ लाख र प्रदेश सरकारको रु १ करोड १५ लाख ४७ हजार रहेको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए।
उनका अनुसार नेपाल सरकारको विषेश अनुदान रु १ करोड २५ लाख, राजश्व बाडफाडमा संघीय सरकार र प्रदेश सरकारको जम्मा रु ९ करोड २० लाख ७८ हजार रहेको छ। पालिका उपाध्यक्ष सविता राईले पेश गरेको उक्त बजेट गाउँसभाबाट पारित भएको छ।
नीति तथा कार्यक्रममा उत्पादनलाई जोड
थुलुङ दुधकोशी गाउँपालिकाले खानेतेल र कफीमा आत्मनिर्भर भई गाउँपालिकामा आयात खानेतेल र कफीको प्रतिस्थापन गर्ने नीति लिएको छ। जसको लागि गाउँपालिकाको उपयुक्त क्षेत्रमा तोरी खेती गर्ने तथा मिलहरुको स्थापना गर्ने र मिलबाट उत्पादित तेललाई प्याकेजिङ गर्ने लेवलिङ गर्ने र बजारीकरण गर्ने कार्य गरिने बताइएको छ।
यस्तै, गाउँपालिका र स्थानीय जनता¸ सहकारीहरु¸ उद्योगी¸ व्यवसायीहरुको संयुक्त लगानीमा सार्वजनिक निजी सहकार्यको मोडेलमा एक गाउँ विकास सहकारी स्थापना गरी कृषि ऋणको व्यवस्था गर्ने र सहकारी मार्फत स्थानीय उत्पादनको बजारीकरण गरिने नीति गाउँपालिकाले लिएको छ।
गाउँपालिकामा उत्पादन भै रहेको सुन्तला¸ किवी¸ कागतीको वृहत उत्पादनलाई निरन्तरता दिँदै वजारीकरण तर्फ ध्यान दिइने साथै अकबरे खुर्सानीको वृहत उत्पादनमा जोड दिइने बताइएको छ।
एकल महिला र जेष्ठ नागरिकलाई नि:शुल्क सेवा
७० वर्षभन्दा माथिका एकल महिलाहरुलाई गाउँपालिका र वडा कार्यालयहरुबाट सिफारिस दिदा नि:शुल्क उपलब्ध गराउने बताइएको छ। गाउँपालिका र वडाहरुलाई वालमैत्री घोषणा गर्नको लागि आवश्यक तयारी थालनी गर्ने उल्लेख गरिएको छ।
यस्तै, गाउँपालिकामा एक वटा ज्येष्ठ नागरिक हेरचाह केन्द्र स्थापना गरी संचालन गरिनेछ। ८० वर्षभन्दा माथिको जेष्ठ नागरिकहरुलाई गाउँपालिका र वडा कार्यालयहरुबाट सिफारिस दिदा निस्शुल्क उपलब्ध गराउने भएको छ।
त्यस्तै, गाउँपालिका भित्र भएका नागरिकहरुको मृत्यु भएमा गाउँपालिकाको गाउँप्रहरीद्वारा सलामी अर्पण गरी समवेदना पत्र सहित आर्थिक सहयोग गरिने कार्यक्रम रहेको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए।
प्रधानाध्यापकको भत्ता बढ्यो
यस्तै विद्यालयका प्रधानाध्यापकलाई भत्ता बढेको छ। यसअघि माध्यमिक तहको प्रधानाध्यापकले मासिक १ हजार भत्ता प्राप्त गर्दै आएका थिए भने अब उनीहरुले मासिक २ हजार प्राप्त गर्नेछन्। यस्तै आधारभुत तह १-८ ले १ हजार ५ सय र १-५ ले १ हजार मासिक भत्ता प्राप्त गर्नेछन्।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया